ताजा समाचार:
Search

किन आयो सेवाग्राहीलाई उपदेश दिने खालको अस्पतालको विज्ञप्ती ?

विकल्प न्यूज/बेनी
चैत १६ गते ।


म्याग्दीको एकमात्र सरकारी अस्पताल बेनी अस्पतालले सेवाग्राहीलाई पाठ सिकाउन थालेको छ । मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी र मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलको संयुक्त हस्ताक्षरमा बिज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीहरुमाथि असभ्य, दुव्र्यवहार नर्गन सेवाग्राहीहरुलाई सूचित गरेको छ । अस्पतालका वारेमा सेवाग्राहीले गुनासो राख्ने विषयलाई अस्पताल प्रशासनले अस्वभाविक रुपमा लिएको छ । सेवा लिन आएका विरामीहरुले सामान्य रुपमा गुनासो राख्दा अस्पतालका स्वास्थ्यकर्मीहरुले एकदिन ओपिडी सेवा नै बन्द गराएका थिए ।

पछिल्लो समय केही सेवाग्राही र अस्पतालका कर्मचारीहरु बीच वेमेलको वातावरण सृजना भएकाले सत्य तथ्य जानकारी गराउने उद्देश्यले अस्पतालले मंगलबार पत्रकार भेटभाट गरि बिज्ञप्ती सार्वजनिक गरको थियो । विज्ञप्तीमा स्वास्थ्य सेवामा भएका सच्चाउने प्रतिवद्धता थिएन ।

तर सेवाग्राहीलाई सभ्य भएर सेवा लिन चेतावनी भाषामा भनिएको थियो । बिरामीको स्वास्थ्य सेवामा समर्पित सम्पूर्ण स्वास्थ्यकर्मीलाई बारम्बार गालीगलौच तथा दुव्र्यवहार हुँदा डाक्टरको मनोवल कमजोर भई कामकाजमा प्रत्यक्ष असर पर्न थालेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । अस्पतालकामा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारीको कार्यस्थलमा गई कुनैपनि दुव्र्यवहार नगर्न सम्पुर्ण सेवाग्राहीहरुलाई आग्रह गर्दै यसो गरेमा कानून अनुसारको कारबाही गरिने चेतावनीपूर्ण भाषमा विज्ञप्ती निकालिएको छ ।

यस्तो थियो घटना

गत फागनु २५ गते पर्वतका जलजला गाउँपालिका वडा नं ४ की २९ बर्षीय पुष्पा श्रेष्ठ घाँटी सम्बन्धि किटाणुको संक्रमणका कारण अस्पतालमा उपचारका लागि आउनुभएको थियो । घाँटी सम्वन्धी समस्या जटिल भएका कारण भविस्यमा आउन सक्ने खतराका बारेमा बिरामीको आफन्तलाई जानकारी गराई अस्पतालले भर्ना लिएर उपचार थालेको थियो ।
उपचार गराउँदै गर्दा फागुन २७ गते अचानक बिरामीको स्वास्थ्य अबस्था बिग्रदै गएपछि डाक्टरले अधिकतम प्रयास गर्दागर्दै पनि बिरामीको मृत्यु भएको थियो । सोही घटनालाई लिएर श्रेष्ठको आफन्त र अस्पताल प्रशासन बिच बिबाद उत्पन्न भएको थियो ।
अस्पताल व्यवस्थापन समितिका सदस्य बिज्ञानराज शर्मा र अस्पतालका डा. कँडेलबिच भनाभनको स्थिती सृजना भएपछि घटनाले उघ्ररुप लिएको थियो । तर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवेदी सहितको समुहले सम्झाईबुझाई गरेपछि सदस्य शर्माले आत्मालेचना गरि डा. कँडेल समक्ष माफी मागेपछि बिबाद साम्य भएको थियो ।

यस घटना घटेको दुइहप्ता पनि नपुग्दै चैत ८ गते डेण्टल शाखामा दाँतको उपचारका लागि आउनुभएकी बेनी नगरपालिका ६ निवासी सावित्री कार्की र डेण्टलका डाक्टर बिच बिबाद भएको थियो । डेण्टल शाखाका डाक्टरले बिरामी जाँच गरिरहेको बेला ओपिडीबाट जानुभएकी कार्कीले तत्काल उपचार नभएको भन्दै गुनासो गर्नथालेपछि दुईबिच झगडा नै भएको थियो ।

डाक्टरले उपचार गर्ने पालोमा बस्न आग्रह गर्दापनि बेवास्ता गरि तत्काल उपचार नभएको भन्दै सेवाग्राहीले गालीगलौच तथा दुव्र्यवहार गरेको विज्ञप्तीमा जनाईएको छ । पछिल्ला यी दुई घटनाले गर्दा बेनी अस्पतालको सेवामा समस्या उत्पन्न हुन थालेको छ ।

सेवाग्राही संगको बिबादका कारण अस्पतालमा कार्यरत कर्मचारीहरुले चैत ९ गते ओपिडी सेवा नै बन्द गराएका थिए । अस्पतालका प्रमुख डाक्टर कँडेलले पछिल्ला घटनाहरुले स्वास्थ्यकर्मीहरुको मनोवल गिरेको र त्रसित मानसिकताले प्रभावकारी सेवा दिन सक्ने अवस्था नरहको बताउनुभएको छ ।

सिमित श्रोतसाधन, जनशक्ति र भौतिक संरचनामा पनि यस अस्पतालले उत्कृष्ट सेवा दिइरहेको समयमा स्वास्थ्यकर्मीलाई होसला दिनुको साटो पटक पटक दुव्र्यवहार हुनु दुखद भएको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले डाक्टर र सेवाग्राहीको बीचमा भएका बिबाद सामान्य भएको र त्यस बिषमा दुवै पक्षलाई राखेर छलफल गरि मिलाईसकिएको बताउनुभयो ।

अस्पतालको सेवामा कुनै कमि नभएकोले ढुक्क भएर सेवा लिन पनि उहाँले अनुरोध गर्नुभयो । डाक्टर र बिरामीको सम्वन्ध सुमधुर हुन आवश्यक छ । डाक्टरको मिठो बोली र व्यवहारले बिरामीलाई निको भएको महसुस गर्ने शक्ति मिल्न सक्छ । तर अस्पतालमा सामान्य गुनासो राख्न पनि नपाईने, कार्वाही भोग्न पर्ने? यो कस्तो खालको व्यवस्था हो? एक सेवाग्राहीको भनाई छ ।