म्याग्दीमा माओवादीले टुंगो लगायो ओखरबोटको वडा अध्यक्षको उम्मेदवार

विकल्प न्यूज\बेनी
चैत १४ गते । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिका ४ ओखरबोटको वडा अध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाएको छ । वडा तहको उम्मेदवार टुंगो लगाउने माओवादी जिल्लामा पहिलो भएको छ ।

सोमबार बसेको वडा कमिटीको वैठकले सर्वसम्मत रुपमा रेशमबहादुर पुनलाई आगमी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका लागि उम्मेदवार छनौंट गरिएको जिल्ला संयोजक रेशम जुगजालीले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन नकिँदै गर्दा राजनीतिक दलहरुले चुनावी अभियानलाई तीव्रता दिएका छन् । नेकपा एमाले र काँग्रेसले अहिले सम्म कुनै पनि वडा तहमा उम्मेदवारको टुंगो लगाएको छैनन् । उनीहरु आन्तरिक छलफलमा जुटेका छन् ।