ताजा समाचार:
Search

सहकारी दिवसमा मुक्तिनाथको सहकारी शिक्षा तालिम

विकल्प न्यूज/बेनी
चैत २० गते ।


मुक्तिनाथ बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार बेनीमा सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सहकारीका शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी शिक्षा दिन तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो ।

६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको तालिममासहकारी सम्बन्धी नीति नियम, सेवा सुविधा र योजनाका विषयमा तालिमका मुख्य प्रशिक्षक प्रशिक्षक सुदिप खनाल र ऋषिराम शर्माले प्रशिक्षण दिनुभएको थियो । ९० जना सहभागि भएको तालिमको उद्घाटन सहकारीका सल्लाहकार तथा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष गौतमको अध्यक्षता, उपाध्यक्ष डण्डपाणी सापकोटाको स्वागत र सचिव चिरञ्जिवी बोगटीको सञ्चालनमा सम्पन्न भएको थियो ।