विकल्प न्यूज\बेनी
चैत १७ गते ।
म्याग्दीमा नेकपा माओबादी केन्द्रले आगामी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदावर चयन कार्यलाई तिव्रता दिएको छ । सर्वसहमतिमा वडा अध्यक्षको उम्मेदवार टुंगो लगाईरहेको माओबादी केन्द्रले बिहिबार रुबिन जुग्जालीलाई मालिका गाउँ पालिका वडा नं ७ बिमको वडा अध्यक्षको उम्मेदवार छनौट गरेको छ ।
वडा कमिटिको बैठक बाट सर्बसम्मत रुपमा जुग्जालीलाई वडा अध्यक्षको प्रत्यासी बनाउने निर्णय गरिएको नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक सुविन जुग्जालीले जानकारी दिनुभयो । वडा कमिटी अध्यक्ष होमबहादुर जुग्जाली, सचिब टंकलाल शर्मा, सहसचिव देबराज जुग्जाली लगायतका नेताहरुको बैठकबाट जुग्जालीलाई वडा अध्यक्षको उम्मेदवारको रुपमा अगाडि सारिएको हो । माओबादी केन्द्रले यसअघि जिल्लाका ७ वटा वडामा उम्मेदवारको टुंगो लगाईसकेको छ ।