म्याग्दी समाचार

काँग्रेस म्याग्दीले ६ वटै स्थानीय तहमा अध्यक्षको उम्मेदवार टुङ्गायो

विकल्प न्यूज\बेनी वैशाख ८ गते । नेपाली काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका छ वटै स्थानीय तहको प्रमुख पदका उमेद्वार सर्वसम्मत चयन गरेको छ । बेनी स्थित काँग्रेसको पार्टी कार्यालयमा वसेको जिल्ला कार्यसमितिको बैठकले अन्नपूर्ण, धवलागिरी र रघुगंगा गाउँपालिकाको अध्यक्ष तथा अन्नपूर्णको उपाध्यक्षको उमेद्वार छनौट गरेको हो । चारै जनाको […]

म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

विकल्प न्यूज/बेनी वैशाख ८ गते ।   वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न म्याग्दीको सदरमुकाम बेनीमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहिवर जिल्ला अदालतका न्यायाधिश तथा मूख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जिल्ला समन्वय समितिको सभाहलमा राखिएको कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यालय स्थापना गर्दै मूख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचन […]

म्याग्दीमा काँग्रेसले २८ वडामा अध्यक्षका उम्मेदवार टुंगो लगायो

विकल्प न्यूज/बेनी वैशाख ७ गते । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले २८ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन गरेको छ । मनोनयन दर्ताको मिति नजिकदैं जाँदा कांग्रेसले जिल्लाभरबाट सर्वसम्मत उम्मेदवार चयन सहित प्रचारप्रसारलाई तिब्रता दिएको जनाएको छ । जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये बेनी नगरपालिका वडा नं १, ५, ७, मंगला […]

रघुगंगामा उम्मेदवार चयन गर्न काँग्रेसलाई सकस्

विकल्प न्यूज/बेनी वैशाख ७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छनौंट गर्न काँग्रेसलाई सकस परेको छ । अध्यक्ष र उपाध्यक्षमा धेरै नेताहरुले आकांक्षा देखाएपछि काँग्रेसलाई उम्मेदवार छनौंट गर्न कठिन भएको हो । अध्यक्ष पदका लागि पाँचजना र उपाध्यक्षमा ७ जना आकांक्षी भएपछि गाउँपालिका कार्यसमितिले जिल्लामा आकांक्षीहरुको नाम सिफारिस गरिएको सभापति मनकुमार शेरपुञ्जाले […]

बेनीमा एमालेलाई उम्मेदवार टुंगाउन सकस् काँग्रेस प्रचारमा जुट्यो

विकल्प न्यूज/बेनी वैशाख ६ गते ।  अघिल्लो स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका हरिकुमार श्रेष्ठले नगरलाई एकफन्को मारेर बेनी झर्दा पनि एमालेले उम्मेदवार टुंगो लगाउन सकेको थिएन । उम्मेदवार दर्ताको दिन विहान मात्रै एमालेले प्रमोद श्रेष्ठलाई उम्मेदवार बनाउने टुंगो लगाएको थियो । यसपाली पनि एमालेले उही नियती दोहोराउने देखिएको छ । […]

लोकप्रिय व्यवसायी चुनावी मैदानमा आएपछि एमाले र काँग्रेसलाई सकस्

विकल्प न्यूज\बेनी वैशाख ६ गते । बेनीका लोकप्रिय व्यवसायी नरेश श्रेष्ठले बेनी नगरपालिका ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ । बेनी नगरपालिका–७ निवासी सफलयूवा व्यवसायी नरेश श्रेष्ठले स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । बामपन्थी विचार बोक्ने श्रेष्ठको उम्मेदवारीले नेकपा एमालेलाई असर पुग्ने आकलन गरिएको छ । बेनपा ७ मा श्रेष्ठ जातीको बाहुल्यता […]

म्याग्दीमा गठबन्धन संकटमा ः अशन्तुष्टी सामाजिक सञ्जालमा पोखिन थाल्यो

विकल्प न्यूज/बेनी वैशाख ४ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका सत्ता साझेदार दलहरुकाबीचको विवाद समाजिक सञ्जालमा पोखिन थालेको छ । पटक पटक वैठक बस्दा पनि सहमति नभएपछि नेताहरुले सामाजिक सञ्जालमा आफ्ना अशन्तुष्टी पोख्न थालेका हुन । सत्ता गठबन्धनमा आवद्ध मुख्य दल नेपाली काँग्रेस,माओवादी केन्द्र र […]

बेनीको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस

बेनी, ४ बैशाख । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो । माओवादीका प्रदेश कमिटि सदस्य बिनोद केसीले […]

बेनी-मालढुङ्गा सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

३ वैशाख, म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा-बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा-बेनी सडकमा यातायात बन्द गरिएको बेनी-जोमसोम-कोरला […]

मालिकाको प्रमुखमा काँग्रेसबाट श्रीप्रसाद रोका उम्मेदवार

विकल्प न्यूज\बेनी वैशाख २ गते ।  नेपाली काँग्रेसले मालिका गाउँपालिकाको प्रमुखमा हालकै गाउँपालिका प्रमुख श्रीप्रसाद रोकालाई दोहोराउने निर्णय गरेको छ । शुक्रबार नेपाली काँग्रेसको मालिका गाउँपालिका कार्यसमितिको वैठकले रोकालाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुन उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । जिल्लामा सत्ता गठबन्धनमा आवद्ध दलहरुकाबीच आपसी छलफल चल्दै गर्दा मालिकामा काँग्रेसले वडा […]

काँग्रेसको तर्फबाट बेनी नगरमा चिरञ्जीवी शर्मा मेयरको उम्मेदवार

विकल्प न्यूज/बेनी वैशाख २ गते । आसन्न स्थानीय तहको नर्विाचनमा नेपाली काँग्रेसले मेयरको उम्मेदवारमा चिरञ्जीवी शर्मालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । शुक्रबार बसेको नेपाली काँग्रेस जिल्ला कार्यसमितिको पदाधिकारी वैठकले शर्मालाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको सचिव भरत रकालले जानकारी दिनुभयो । शर्मा अधिवक्ता, पार्टीको पुर्व सचिव तथा महाधिवेसन प्रतिनिधि हुनुहुन्छ । मेयर पदका […]

एमालेका उम्मेदवारले यसपाली भत्काउलान रघुगंगामा काँग्रेसको गढ ?

विकल्प न्यूज\बेनी वैशाख १ गते । म्याग्दीमै नेपाली काँग्रेसको गढ मानिएको रघुगंगगा गाउँपालिकामा एमालेले उम्मेदवार टुंगाएको छ । नेपाली काँग्रेसले भने उम्मेदवार टुंगाएको छैन । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले र माओवादीका विच चुनावी तालमेल हुँदा पनि काँग्रेस फराकिलो मतले विजयी भएको थियो । २ नम्बर भगवतीमा वडा वाहेक सवै वडामा काँग्रेसले जितेको […]

धबलागिरीको अध्यक्षमा एमालेबाट ४ जना सिफारिस, कसले पाउला टिकट ?

विकल्प न्यूज\बेनी चैत ३० गते । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा एमालेबाट चार जना आकाँक्षी देखिएका छन । उम्मेदवार टुङगो लगाउन बसेको पालिका कमिटीको बैठकमा अध्यक्ष पदका लागि रेशम भण्डारी, थमसरा पुन, होम बहादुर थापा, र रेशम छन्त्यालले दावि प्रस्तुत गर्नुभएको हो । दिनैभरि चलेको बैठकमा सहमतिका […]

मालिकामा फेरी आए बेगप्रसाद गर्बुजा चुनावी मैदानमा

विकल्प न्यूज\बेनी चैत २९ गते । मालिका गाउँपालकाको अध्यक्षका लागि नेकपा एमालेले फेरी पनि बेग प्रसाद गबुर्जालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । मंगलबार दरवाङमा बसेको पालिका कमिटीको बैठकले गर्बुजालाई नै सम्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । मालिका गाउँपालिका ७ बिम निबासी गर्बुजा नेकपा एमाले पालिका गाउँपालिका कमिटीका अध्यक्ष हुनुहुन्छ । गर्बुजा […]

पर्वतको जलजला ४ मा एमालेबाट जिसी वडाध्यक्षको उम्मेदवार

विकल्प न्यूज\बेनी चैत २९ गते ।   आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जलजला ४ मा वडाध्यक्ष सहित सदस्यहरु सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ । वडा कमिटीको बैठकले वडाध्यक्षमा गाउँका युवा नेता भरत जिसी, खुल्ला महिला सदस्य बवी सुवेदी,दलित महिला सदस्य सुप्रभा परियार,खुल्ला पुरुष सदस्यहरु तेजबहादुर दमाई र बेलबहादुर जिसीलाई चयन गरिएको वडा […]