लोकप्रिय व्यवसायी चुनावी मैदानमा आएपछि एमाले र काँग्रेसलाई सकस्

विकल्प न्यूज\बेनी
वैशाख ६ गते ।


बेनीका लोकप्रिय व्यवसायी नरेश श्रेष्ठले बेनी नगरपालिका ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ । बेनी नगरपालिका–७ निवासी सफलयूवा व्यवसायी नरेश श्रेष्ठले स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । बामपन्थी विचार बोक्ने श्रेष्ठको उम्मेदवारीले नेकपा एमालेलाई असर पुग्ने आकलन गरिएको छ । बेनपा ७ मा श्रेष्ठ जातीको बाहुल्यता भएकाले नरेशले धेरै मत प्रभावित पार्न सक्ने अनुमान छ ।

समाज परिवर्तन तथा समृद्ध वडा बनाउन युवाका भूमिका महत्वपूर्ण रहेको भन्दै श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको हो । जिल्ला मानवीय सेवामा सक्रिय विभिन्न सामाजिक संघसंस्थामा आवद्ध श्रेष्ठले वडाभित्र केही नमुना कामगर्ने योजना स्वरुप वडा अध्यक्षपदमा उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ ।

बेनीको हुलाकचोक नरेश मोवाइल सेन्टर संचालन गर्नुभएका श्रेष्ठले व्यवसायसँगै जनताको सेवामा कामगर्ने इच्छा जागेको बताउनुभयो । ‘मैले सुविधा पाउनका र आफु लोकपिैय हुनका लागि उम्मेदवारी दिएको होईन, जनताका सेवामा समर्पित हुँदै केही नयाँ र फरक कामगर्ने सोचका साथ उम्मेदवारी दिएको हुँ,श्रेष्ठले भन्नुभयो ।

वडाको समग्र विकास तथा वडाबासीको सुखदुःखमा साथ दिनका लागि चुनावी मैदानमा उत्रिएको बताउँदै विस्तारै घरदैलो अभियान, सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट भोट मागिरहेकाले एकपटक वडाबासीको साथको अपेक्षा गरेको श्रेष्ठको भनाई छ ।

म्याग्दी जिल्लाकै प्रशासनिक क्षेत्र भएको वडालाई नमुना बनाउन सकेमा जिल्ला नै नमुना हुने भएकाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने, वडाभित्र आवश्यक योजनाहरुका बारेमा वडाबासीको राय संकलनगर्न आवश्यक रहेको श्रेष्ठको भनाई छ । यूवालाई उद्यमी, महिलालाई सीप र ज्येष्ठ नागरिकलाई सम्मान सहितको घोषणापत्र समेत सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।

लायन्स क्लव बेनीपिस सिटीको अध्यक्षहुदाँश्रेष्ठले भोकभोकै मर्ने थालेका पशुचौपायालाई खाना देखि विपन्नलाई खाद्यान्न सहित स्वास्थ्य साम्रागीवितरण गरी लायन्सको देशभरी नै उत्कृष्ट शाखाको सम्मान समेत प्राप्तगर्नुभएको थियो ।

बेनपा–७मा श्रेष्ठको उम्मेदवारीले चर्चा सुरु भएको छ। यसअगाडी वडामा स्वतन्त्रबाटै बेनी नगरपालिकाका पुर्व कर्मचारी कृष्णप्रसाद शाक्यले समेत उम्मेदवारी घोषणा गर्नुभएको छ । नेकपा एमालेले बहालवाला वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई पुनः उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस र माओवादीले उम्मेदवार चयन गरिसकेका छैनन् ।