काँग्रेसको तर्फबाट बेनी नगरमा चिरञ्जीवी शर्मा मेयरको उम्मेदवार

विकल्प न्यूज/बेनी
वैशाख २ गते ।

आसन्न स्थानीय तहको नर्विाचनमा नेपाली काँग्रेसले मेयरको उम्मेदवारमा चिरञ्जीवी शर्मालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । शुक्रबार बसेको नेपाली काँग्रेस जिल्ला कार्यसमितिको पदाधिकारी वैठकले शर्मालाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको सचिव भरत रकालले जानकारी दिनुभयो ।

शर्मा अधिवक्ता, पार्टीको पुर्व सचिव तथा महाधिवेसन प्रतिनिधि हुनुहुन्छ । मेयर पदका लागि आकांक्षी देखिएका १० जना नेताहरु मध्यबाट शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवारमा काँग्रेसले अघि सारेको हो । शर्मालाई काँग्रेस भित्र राजनीतिक र वैचारिक नेतृत्वका रुपा लिने गरिन्छ ।कार्यकर्ता माझ लोकप्रिय शर्मा प्रष्ट वक्ता समेत हुनुहुन्छ ।