मालिकाको प्रमुखमा काँग्रेसबाट श्रीप्रसाद रोका उम्मेदवार

विकल्प न्यूज\बेनी
वैशाख २ गते ।  नेपाली काँग्रेसले मालिका गाउँपालिकाको प्रमुखमा हालकै गाउँपालिका प्रमुख श्रीप्रसाद रोकालाई दोहोराउने निर्णय गरेको छ । शुक्रबार नेपाली काँग्रेसको मालिका गाउँपालिका कार्यसमितिको वैठकले रोकालाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुन उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

जिल्लामा सत्ता गठबन्धनमा आवद्ध दलहरुकाबीच आपसी छलफल चल्दै गर्दा मालिकामा काँग्रेसले वडा सहित प्रमुख पदको उम्मेदवार छनौंट गरेको छ ।

पाँचदलबीच चुनावी तालमेल गर्दा माओवादी केन्द्रले मालिकामा प्रमुख पद मागेको छ । मालिका माओवादीलाई नदिँदा जिल्लामै सत्तरुढ दलका बीच चुनावी तालमेल संकटमा पर्ने देखिन्छ । मालिकामा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले पनि प्रमुखको उम्मेदवार बन्ने आकांक्षा देखाउनुभएको छ ।