समाचार
एकै परिवारका चार दिदीबहिनी सरकारी सेवामा
बेनी, १९ वैशाख । अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घरहरु छन् । मुलगाउँदेखि केहि तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास रहेको छ । आफ्नो जीवनको अधिकाँश समय गोठ बसेर घरखर्च जुटाउनुभएका पुर्जाका चार छोरी र एक छोरा छन् । ओमबहादुर र उहाँकी जीवनसाथि राममायाँले गोठमा गाईभैँसी पालेर छोराछोरीको पढाइलेखाई गराउनुभएको थियो । […]
गण्डकीको नयाँ मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
पोखरा । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गरेका हुन् । नेता पाण्डेलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ३५ सांसदको समर्थन छ ।
धौलागिरि आरोहणका लागि ३५ जनाले लिए अनुमति
ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख १४ गते । संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि वसन्तकालिन सिजनमा ३५ जनाले अनुमति लिएका छन् । अनुमति लिएकाहरु यतिखेर आधारशिविरमा पुगिसकेका छन् । उनीहरु अनुकुल मौसमको प्रतिक्षामा आधारशिविरमै रोकिएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि आरोहणका लागि यस सिजनमा २४ पुरुष […]
पर्वतका ३१ कांग्रेसले पार्टी छाडे: रास्वपा प्रवेशकाे तयारी
पर्वत । नेपाली कांग्रेसका पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीले कांग्रेसको साधारण सदस्य समेत परित्याग गरेको घोषणा गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिको प्रत्याशी रहेका सुवेदी पर्वतमा गगन थापा समूहका नेता मानिन्छन् । सुवेदीसहित ३१ जना जिल्लास्तरीय नेता कार्यकर्ताहरुले कांग्रेस परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका हुन् । सुवेदी जिल्ला अधिवेशनमा गगन […]
धौलागिरि आधार शिविरमा आरोहीको चलहपहल
ठाकुरप्रसाद आचार्य /म्याग्दी बैशाख १३ गते । स्पेनका ८३ वर्षीय कार्लोस सोरिया संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि यतिखेर बेसक्याम्पमा पुग्नुभएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार एकसय ६७ मिटर अग्लो हिमाल आरोहण कार्लोसको यो १३ औं पटकको प्रयास हो । गत वर्ष १२ औं पटकको प्रयासमा कार्लोस ७ हजार […]
चौँरीको आलो रगत पिउने मेलामा सर्वसाधारणहरुको भीड
ठाकुरप्रसाद आचार्य/बेनी बैशाख १३ गते । हिमाली क्षेत्रमा पाइने जडीबुटी खाएका चौँरी गाईको आलो रगत खाएमा रोगहरु निको हुने विश्वासले मुस्ताङको बोक्सी खोलाको सिन्जे भन्ने स्थानमा चौँरीको आलो रगत पिउने मेला लागेको छ । चौँरी पालक कृषकहरुको संस्था हिमालयन चौंरी पालक तथा संरक्षण समितिले मेलाको आयोजना गरेको हो । थासाङ गाउँपालिका–२ बोक्सी खोलामा लागेको मेलामा […]
धौलागिरि हिमालमा बेपत्ता भरियाको शव फेला
वैशाख १२ गते । धौलागिरि हिमालको आधार शिविरमा आरोहीको सामान पुर्याएर फर्किने क्रममा बेपत्ता हुनुभएका अमृत राईको शव फेला परेको छ । म्याग्दीस्थित धौलागिरि बेसक्यापको स्विस क्याम्पमाथि झन्डै ५ हजार मिटर उचाइको जापानी बेसक्याम्प नजिक ट्रेकिङ भरिया राईको शव भेटिएको हो । आधार शिविरबाट फर्कने क्रममा शुक्रबार साँझ बेपत्ता भएका तीन जना मध्ये दुई […]
कालीगण्डकी र शालिग्राम बचाउन बागलुङमा महोत्सव
विकल्प न्यूज/बागलुङ बैशाख ११ गते । दोहनबाट कालीगण्डकी र शालिग्राम बचाउन महोत्सव गरिएको छ । सोमबारदेखि बागलुङमा महोत्सव सुरु भएको हो । विश्वमै शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी बचाउनुपर्ने सरोकारवालाको माग छ । कालीगण्डकीको रोदनलाई लोकगीत, भजन र काव्यमार्फत उजागर गर्ने र संरक्षणका लागि आवाज उठाउन महोत्सव गरिएको हो । नदीको पूजा गरेर कलस यात्रासहित […]
धारापानी र ताकमबाट देखियो सुन्दर दृश्य (फोटो फिचर)
ठाकुरप्रसाद आचार्य /म्याग्दी बैशाख ११ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानी र ताकम वस्ती हिमालको काँखमै जस्तो देखिन्छ । समथर भूभाग,खेतीयोग्य जमिन र पुराना परम्परागत घरहरु अनी आगनमा बसेर हिमाल देख्नि पाइने यहाँको मुख्य विशेषता हो । यो वस्तीलाई गुरील्ला पदमार्ग र धौलागिरी पदयात्राको प्रवेशद्धारका रुपमा लिने गरिन्छ । फागुनको अन्तिमसाता देखि हिमालमा हिँउ […]
समयमै पाठ्यपुस्तक पाएपछि विद्यार्थीहरु खुसी
ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख १० गते । नयाँ शैक्षिक सत्रको पढाई सुरु भएकै दिन पाठ्यपुस्तक हातहातमा पाएपछि विद्यार्थीहरु खुसीले फुरुङ भएका छन् । यस वर्ष भर्नासँगै विद्यार्थीले पाठ्यपुस्तक पाए । हातहातमा पुस्तक पाएपछि विद्यार्थीहरु खुसीसँगै उत्साहित भए । विगतका वर्षहरुमा लामो समयसम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दैनथ्यो । समयमै पाठ्यपुस्तक वितरण भएपछि शैक्षिक गुणस्तरमा वृद्धि हुने […]
एमाले म्याग्दीले पार्टी स्थापना दिवस मनायो
विकल्प न्युज/ बेनी बैशाख ९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले शनिवार पार्टी स्थापना दिवस मनाएको छ । नेपालमा तत्कालीन २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष पुरा गरी ७५ वर्षमा प्रवेश गरेको सुखद अवसरमा स्थापना दिवस मनाइएको हो । दिवसको अवसरमा पार्टी कार्यालय शहिद स्मृति भवन हाँडेभीरमा एक औपचारिक […]
धौलागिरी सहकारीका सदस्यलाई सदस्य शिक्षा तालिम
विकल्प न्युज/ बेनी बैशाख ९ गते । न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। शनिबार बेनीबजारमा आयोजित कार्यक्रमको उद्घाटन गदैं सहकारीका निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँले सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गरी सहकारी आन्दोलनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमार्फत सहज रुपमा वित्तिय सेवा प्रवाह, आर्थिक […]
बैशाख ९ गते मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको तेस्रो अधिवेशन
विकल्प न्यूज\बेनी बैशाख ६ गते । मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको बैशाख ९ गते हुने तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अर्गनाईजेशनले बुधबार बेनीमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारीलाई तीव्र पारिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अधिवेशन आयोजक सभाका संयोजक डिके पुन मगरले अधिवशेनको तयारी, ब्यवस्थापन, प्रचारप्रसार र आर्थिक संकलन, प्रतिनिधि छनोटको काम […]
बेनी नगरपालिकामा ११ करोड २६ लाख बेरुजु
विकल्प न्यूज/बेनी बैशाख ६ गते । म्याग्दीको बेनी नगरपालिकामा ११ करोड २६ लाख १२ हजार रुपियाँ बेरुजु देखिएको छ । हालै मात्र महालेखापरिक्षकको ६० औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७८÷७९ मा बेनी नगरपालिकाको उक्त बेरुजु उल्लेख गरिएको छ । नगरपालिकामा एक अर्व ३२ करोड ७० लाख ९७ हजार रुपैयाँको लेखापरिक्ष्णमा ११ करोड २६ लाख १२ […]
गण्डकी प्रदेशको बेरुजु दुई अर्ब बढी
बैशाख ६ गते । गण्डकी गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८-७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार पुगेको हो । अघिल्लो आवमा फछ्र्योट भई रु एक अर्ब ६५ करोड नौ लाख १३ हजार बेरुजु बाँकी रहेकामा आव २०७८-७९ मा रु […]