धारापानी र ताकमबाट देखियो सुन्दर दृश्य (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य /म्याग्दी
बैशाख ११ गते ।

 म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानी र ताकम वस्ती हिमालको काँखमै जस्तो देखिन्छ । समथर भूभाग,खेतीयोग्य जमिन र पुराना परम्परागत घरहरु अनी आगनमा बसेर हिमाल देख्नि पाइने यहाँको मुख्य विशेषता हो । यो वस्तीलाई गुरील्ला पदमार्ग र धौलागिरी पदयात्राको प्रवेशद्धारका रुपमा लिने गरिन्छ ।

फागुनको अन्तिमसाता देखि हिमालमा हिँउ पर्न थालेपछि काला पत्थरजस्ता देखिन हिमाल सेताम्मै भएका छन् । पदयात्रामा आएका पर्यटकलाई सेताम्मे हिमालले लोभ्याउने गरेको छ ।

धारापानी, ताकम,मुना र मुदी हुँदै पर्यटकहरु धौलागिरी पदयात्रामा जाने गर्दछन् । हिमालको दृश्य र ग्रामिण क्षेत्रको परम्परागत जीवनशैलीको अवलोकनले पर्यटकलाई आनन्द महशुस गराउँछ ।

#ADV

मगर र अन्य समुदायको संस्कृति, प्राकृतीक सम्पदा, हिमश्रृङ्खला र ग्रामिण जिवनशैली यो पदमार्गको आकर्षण हो । पदयात्राको क्रममा हिमाल, जंगल, नदी, छहरा, ग्रामिण बस्ती, जंगली जनावर र पशुपंक्षीहरको समेत अवलोकन गर्न पाईन्छ । साभारः गोरखापत्र अनलाइन