ताजा समाचार:
Search

समाचार

न्याय सम्पादनलाई छिटो, छरितो र त्रुटीरहित बनाउनुपर्ने

सन्तोष गौतम/विकल्प म्याग्दी ११ मंसिर । म्याग्दीको बेनीमा शुक्रबार अदालत र अर्धन्यायीक निकायका कामकारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले सहायक कर्मचारीहरुको लागि क्षमत्ता विकास तालीम सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने तालीममा म्याग्दी स्थित अदालत, प्रशासन, प्रहरी, वन, मालपोत, सरकारी वकील कार्यालयका करिब २५ जना कर्मचारीहरुको सहभागिता रहेको छ । तालीमको उद्घाटन गर्नुहुदै पुनरावेदन […]

बसन्त बोगटीद्धारा सामाजिक कार्यका लागि ७५ लाखको अक्षयकोष

सन्तोष गौतम /विकल्प म्याग्दी मंसिर ११ गते । म्याग्दीको रत्नेचौर रहेको बसन्त बोगटी सदावर्त गुठी कोष सञ्चालक समितिले रु. ७५ लाखको अक्षयकोष स्थापना गरेको छ । सामाजिक, मानवीय र धार्मीक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो । राहुघाट जलविद्युत आयोजनाले जग्गा अधिग्रहणका क्रममा उपलब्ध गराएको नगद र बोगटी बन्धुहरुबाट सहयोग संकलन गरेर ७५ […]

बेनीमा गोलापोलाबाट ग्यास वितरण गरिने

म्याग्दी/विकल्प मंसिर ११ गते । बेनी बजारमा गोला प्रथाबाट ग्यास वितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहीबार बसेको प्रशासन, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय, राजनितिक दल, उपभोक्ता मञ्च,पत्रकार र नागरीक समाजको प्रतिनिधिहरुको बैठकले ग्यास वितरणका लागि गोला प्रथा अपनाउने निर्णय गरेको हो । बेनीमा भित्रिन लागेको चार सय सिलीण्डर ग्यासका लागि तिन […]

पर्वत बेनीमा ईन्धन चोरी गर्ने युवा पक्राउ

विकल्प /म्याग्दी मंसिर ११ गते । पर्वत जिल्लाको मल्लाज माफफाँट ३ पर्वत बेनीमा सवारी साधनबाट ईन्धन चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सवारी साधनबाट ईन्धन निकाल्दै गरेको अवस्थामा बागलुङको पाण्डवखानी गाविस ५ घर भई हाल पर्वत बेनी डेरा गरि बस्ने २१ व्र्षिय सन्तोष गौचनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । […]

बालीविज्ञान विषयको पठनपाठन सुरु

सन्तोष गौतम /विकल्प म्याग्दी मंसिर १० गते । म्याग्दीको बिम गाविसमा रहेको किसानी प्राबिधिक शिक्षालयमा यस वर्षदेखि बालीविज्ञान विषयको पठनपाठन सुरु भएको छ । बाली विज्ञान विषयको तिन वर्षे डिप्लोपा तह (आईएस्सी एजी) अन्तरगत बाली उत्पादन, बागबानी, बाली संरक्षण, कृषि प्रसार, सामुदायीक विकास, उद्यमशिलता लगायतका विषयहरुको पठनपाठन सुरु गरिएको हो ।   पहिलो वर्ष आईएस्सी […]

गलेश्वरमा बाला चर्तुदर्शी पुजालाई व्यवस्थित बनाउन समिति गठन

विकल्प/म्याग्दी मंसिर १० गते । बेनी नगरपालीका ९ मा रहेको गलेश्वर क्षेत्र विकास कोषको प्रबन्ध समितिको बिहीबार बसेको बैठकले मंसिर २३ र २४ गते हुने बालाचर्तुदर्शी मेला, पर्व सञ्चालन एवं व्यवस्थापनका लागि मुल समिति गठन गरेको छ । कोषका अध्यक्ष रुद्रबहादुर केसीको संयोजकत्वमा कोषका पदाधिकारी, जिल्ला स्थित सरकारी कार्यालय प्रमुख, कोषका आमन्त्रीत सदस्य, उपसमितिका संयोजक […]

म्याग्दीको कुहुँमा यसरी हुन्छ पुष्प खेती

विकल्प /म्याग्दी मंसिर १० गते । म्याग्दीको कुहुँ गाविस–८ थाइवाङमा ब्यवसायीक पुष्पखेती सुरू गरिएको छ । अन्न वाली लगाउन छाडेर यहाँका स्थानीयवासीहरुले पुष्प खेती गर्न थालेका हुन । थाइवाङ गाउँमा महिलाको नेतृत्वमा फुलको व्यवसायीक खेती गर्न लागिएको हो । बजारमा हुने कार्यक्रमहरुमा फुलको माग बढ्न थालेपछि यहाँका महिलाहरु व्यवसायीकरुपमा पुष्पखेति सुरु गरेका हुन । उनीहरुले […]

शैक्षिक सुधारका लागि शिक्षा कार्यालयको बैठक सदरमुकाम बाहीर

सन्तोष गौतम / विकल्प म्याग्दी,मंसिर १० गते । जिल्ला शिक्षा कार्यालय म्याग्दीको बिहीबार पहिलो पटक सदरमुकाम बाहीर मासिक बैठक बसेको छ । सदरमुकाम बाहीरका विद्यालयको शैक्षिक तथा भौतिक समस्या पहिचान गरी सुधार गर्ने उद्देश्यले अब देखि मासिक बैठक स्रोत केन्द्रमा बस्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । शैक्षिक समस्या, कार्यालयबाट प्रवाह हुने सेवा, सुबिधा र […]

नयाँ शक्ति म्याग्दीले बेनीमा पर्चा बाड्यो

विकल्प /म्याग्दी मंसिर १० गते । नयाँ शक्ति अभियान म्याग्दीले बेनीबजारमा पर्चा वितरण गरेको छ । नयाँ शक्तिका वारेमा लेखिएको पर्चा बेनीबजारमा वाडिएको अभियानका अभियन्ता अनिश गौतमले जानकारी दिए । सदरमुकाम बेनीबजारका उद्योगी,व्यवसायी, नागरिकहरु तथा सरकारी एवम् विभिन्न संघसस्थाका कार्यालयमा नयाँ शक्ति निर्माण अभियान लेखिएको पर्चा वाडिएको हो । अभियानको प्रारम्भिक चरणमा पर्चा वितरण,छलफल र […]

म्याग्दीकी दिवा पुन गैसस महासंघको केन्द्रिय सदस्यमा विजयी

विकल्प/म्याग्दी मंसिर ९ गते । म्याग्दीकी दिवा पुन गैर सरकारी संस्था महासंघको केन्द्रिय सदस्य पदमा निर्वाचित हुनुभएको छ । काठमाण्डौमा मंसिर ७ र ८ गते सम्पन्न भएको आठौं महाधिवेशनमा महिला तर्फको खुल्ला केन्द्रिय सदस्यमा विजयी हुनुभएको गैसस म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले बताउनुभयो । पुनले ४१७ मत प्राप्त गर्नु भएको लाल युवा क्लब कुहुँ म्याग्दीका सचिव […]

म्याग्दीमा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

म्याग्दी, मंसिर ९ गते । म्याग्दीमा आगामी माघ ५देखि ९ गतेसम्म दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले बुधबार साझ गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष कृष्ण विश्वकर्माले जिल्लामा खेलकुदको विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएको बताउनुभयो […]

अपडेट ः १४ औ जेसीजकप फुटबल, कस्तो भयो आजको खेल

सन्तोष गौतम /बेनी म्याग्दी ९ मंसिर । बेनीमा बुधबारदेखि अन्तर मावी जिल्ला स्तरीय १४ औ जेसीजकप फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसीजले आयोजना गरेको तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा गत वर्षको बिजेता माउन्ट एभरेष्ट आवाशिय उच्च माविले सफल सुरुवात गरेको छ भने उपबिजेता पहिलो खेलबाटै […]

बेनीमा १४ औ जेसीजकप फुटबल प्रतियोगिता सुरु

म्याग्दी,मंसिर ९ गते । बेनीमा बुधबारदेखि अन्तर मावी जिल्ला स्तरीय १४ औ जेसीजकप फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसीजले आयोजना गरेको तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा गत वर्षको बिजेता माउन्ट एभरेष्ट आवाशिय उच्च माविले सफल सुरुवात गरेको छ भने उपबिजेता पहिलो खेलबाटै बाहिरीएको छ । […]

म्याग्दीमा संकटापन्न वन्यजन्तु हाब्रे भेटियो

सन्तोष गौतम /विकल्प म्याग्दी,मंसिर ९ गते । म्याग्दी जिल्लामा संकटापन्न अवस्थामा रहेको जंगली जनावर हाब्रे (रेडपाण्डा) भेटिएको छ । विश्व बन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कका साथै हिमाले संरक्षण मञ्चले हालैमात्र गरेको अध्ययनका क्रममा म्याग्दीमा हाब्रेको उपस्थिती भेटिएको हो । लुलाङ गाविसको मरेनी सामुदायीक वन, ढोरपाटन शिकार आरक्षको जलजला, गुर्जा र मुदी […]

यसरी वितरण गरिदै छ बेनीमा उपभोक्ता ग्यास कार्ड (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /विकल्प जिल्ला प्रशासन कार्यालय म्याग्दी र उद्योग वाणिज्य संघ म्याग्दीको संयुक्त व्यवस्थापनमा संघको कार्यालयमा उपभोक्ता कार्ड वितरण भइरहेको छ । बेनीमा  आधा ग्यास भरिएका ३ सय पचास शिलिण्डर आउने भएपछि व्यवस्थित तरिकाले वितरण गर्न ग्यास कार्ड प्रणाली अपनाइएको उवासंघले जनाएको छ । ग्यास आएपछि सहज रुपमा कसरी वितरण गर्ने भन्ने वारेमा ठोस निर्णय […]