विकल्प न्यूज\बेनी
फागुन २१ गते ।

पर्वतको जलजला गाउँपालिकामा नेकपा (एमाले) ले वडा–केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गत वडास्तरीय प्रशिक्षण सुरु गरेको छ । पार्टीले मंगलबार वडा नम्बर २ मल्लाजमा वडास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा (एमाल)े गण्डकी प्रदेश सदस्य तथा जिल्ला कमिटी पर्वतका निवर्तमान अध्यक्ष राजुप्रसाद पौडेल,प्रदेश कमिटी सदस्य एवम् पालिका इन्चार्ज लालबहादुर अधिकारी,जिल्ला कमिटी पर्वतका उपाध्यक्ष विमल लामिछाने,पालिका कमिटीका अध्यक्ष नरबहादुर कार्की लगायतले प्रशिक्षण दिनुभएको थियो ।

जिल्ला पार्टीले संचालन गरेको ९९ दिने वडा–केन्द्रित अभियानलाई जलजलामा सफल पार्न ९ वटै वडा कमिटीका बैठकले कार्ययोजना निर्माण गरी नेता तथा कार्यकर्ताहरु अभियानमा जुटेको नेकपा एमाले जलजला गाउँपालिका कमिटीका अध्यक्ष नरबहादुर कार्कीले बताउनुभयो ।
#ADD
उहाँका अनुसार अभियानकै क्रममा बुधबार गाउँपालिका सभादलको बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ । बैठकमा प्रदेश कमिटी सदस्य पौडेल,पालिका इन्चार्ज अधिकारी,जिल्ला कमिटीका उपाध्यक्ष लामिछाने लगायतले पार्टीबाट निर्वाचित भएका जनप्रनिधिहरु अभियानमा जुट्न अनुरोध गर्नुभयो । जनप्रतिनिधिहरुले जनताको कामलाई थप प्रभावकारी र जनपक्षीय बनाउन अनुरोध गर्नुभयो ।


जनप्रतिनिधिहरुले पार्टीले जनताका पक्षमा अगाडी सारेका योजना र कार्यक्रमलाई प्राथमिकतामा राखेर जनताको सेवामा परिचालन हुन बैठकका वक्ताहरुले जोड दिनुभएको थियो । पालिका सभादलका नेता तिलक बहादुर जिसीको अध्यक्षतामा सम्पन्न बैठकको संचालन सचिव भिमसेन बराइलीले गर्नुभएको थियो । बैठकमा जलजला भूगोल भएका जिल्ला कमिटीका सदस्य र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

गाउँपालिका कमिटीका सचिव निलकण्ड सुवेदीले पालिकाका ९ वटामा वैठकहरु सम्पन्न भई वडाकेन्द्रित प्रशिक्षण कार्यक्रमलाई पार्टीले संचालन गरेको बताउनुभयो । सबै वडामा प्रशिक्षण सकेर पार्टीले वडा तहमा प्रशिक्षण,घरदैलो,सदस्यता नवीकरण,विस्तार,टोल कमिटी गठन,जनप्रतिनिधि र पार्टी कमिटी बिच अन्तरक्रिया लगायत विभिन्न रचनात्मक क्रियाकलाप संचालन गर्न कार्ययोजना बनाएको कमिटीका उपाध्यक्ष महेन्द्र रेग्मीले बताउनुभयो ।
आगामी निर्वाचनमा जलजलामा नेकपा (एमाले) लाई निर्णयाक शक्तिका रुपमा स्थापित गर्न,जनताका गुनासाहरु सुन्न,संगठन विस्तार,सुदृढीकरण तथा जनताका आवश्यकता र विकास योजनाका बारेमा समेत जनतासँग अन्तरक्रिया गर्नेगरी अभियानमा नेता तथा कार्यकर्ताहरु परिचालन भएका छन् ।

अभियानमा वडा कमिटीलाई सशक्त बनाउने, नियमित बैठक बस्ने, सदस्यता नवीकरण गर्ने,स्थानीय तहहरूले गर्ने कामको लेखाजोखा गर्ने,पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको कामलाई अझ प्रभावकारी र जनपक्षीय बनाउने गरी प्रशिक्षण लगायतका विषयमा वडा तहमा पुगेर छलफल समेत गरिने पालिका कमिटीका अध्यक्ष कार्कीले बताउनुभयो । अभियानअन्तर्गत जनताको घरमा गएर उनीहरूसँग भेट गरेर समस्या बुझ्ने र समाधानको पहल गर्ने नीति लिइएको उहाँले जानकारी दिनुभयो ।