समाचार

माईक्रोबस दुर्घटनामा एक जनाको मृत्यु

सन्तोष गौतम /विकल्प म्याग्दी,मंसीर २८ गते । बेनी नगरपालीका १३ सिंगा तातोपानीमा आईतबार साँझा माईक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ५ ख २८९८ नम्बरको माईक्रोबस दुर्घटना हुँदा चालक बेनी नगरपालीका १३ तातोपानीका ३५ वर्षिय प्रेमबहादुर बानियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बानियाको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा राती […]

युवा संघ म्याग्दीले गाउँ अभियान सञ्चालन गर्ने

विकल्प न्यूज/म्याग्दी मंसीर २७ गते । एमाले निकट युवा संघ म्याग्दीले संगठन सुदृढीकरण र युवाहरुको चेतना वृद्धिका लागि गाउँ अभियान सञ्चालन गर्ने भएको छ । संघको दशौं जिल्ला अधिबेशनबाट निर्वाचित नयाँ कमिटीको पहिलो वैठकले जिल्लाभरका युवाहरुलाई संगठीत गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको संघका सचिव हरी क्षत्रीले जानकारी दिनुभएको छ । शनिवार सम्पन्न भएको अधिबेशनमा […]

विद्यालयहरुलाई प्राथमिक उपचारका स्वास्थ्य सामाग्रीहरु वितरण

विकल्प न्यूज/बेनी मंसीर २७ गते । जिल्ला अस्पताल म्याग्दीले जिल्ला भित्रका विद्यालयहरुलाई प्राथमिक उपचारका लागि चाहिने औषधि लगायत अन्य सामाग्रीहरु वितरण गर्न सुरु गरेको छ । डायरीया,टाउको दुखेको,खोकी लाग्ने र सामन्य चोटपटक लागेका विद्यार्थीहरुलाई विद्यालयमै प्राथमिक रुपमा उपचार गर्न सहज होस भनेर औषधि लगायतका सामाग्रीहरु वितरण गरिएको हो । जिल्लाका एकसय ६८ विद्यालयहरुलाई प्राथमिक स्वस्थ्य […]

वेपत्ता युवकको चौध दिनपछि शव भेटियो

सन्तोष गौतम/विकल्प म्याग्दी,मंसीर २७ गते । सदरमुकाम बेनीबाट १४ दिनअघि वेपत्ता भएका एक युवकको शव भेटिएको छ । बेनी नगरपालीका ७ क्याम्पसचोकका १९ वर्षिय बिकास छन्त्यालको कालीगण्डकी नदी किनारमा शव फेला परेको हो । बेनी नगरपालीका १ सारेमारे स्थित नदी किनारमा भेटिएको छन्त्याललको शवलाई आईतबार पोष्टमार्टम गरि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । छन्त्याल […]

म्याग्दी जेसीजको अध्यक्षमा भिमसेन विश्वकर्मा

विकल्प /म्याग्दी मंसीर २६ गते । म्याग्दी जेसीजको सन् २०१६ को अध्यक्षमा भिमसेन बहादुर विश्वकर्मा सर्वसम्मतिले चयन भएका छन् । शनिबार  सम्पन्न भएको अधिवेशनमा अध्यक्षमा प्रत्यासी लोकेश पुन मगरले आफ्नो नाम फिर्ता लिएका थिए । अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा बद्री प्रसाद पौडेल, कमल विश्वकर्मा, उपाध्यक्षमा विपिन श्रेष्ठ, सुमन श्रेष्ठ, खम थापा र भरत रकाल  सर्वसम्मतिबाट चयन […]

युवा संघ म्याग्दीको अध्यक्षमा ः शाही विजयी

विकल्प /म्याग्दी मंसीर २६ गते । यूवा संघ म्याग्दीको अध्यक्षमा प्रविण शाही निर्वाचित भएका छन् । १० औ जिल्ला अधिवेशनमा सर्वसम्मतिले नेतृत्व चयन हुन नसकेपछि मतदान भएको थियो । अध्यक्षका प्रत्यासी शाहीले ९७ र चन्द्रमान छन्त्यालले ३१ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा हरि केसीले ९४ र सागर सुबेदीले ३२ मत प्राप्त गरेको संचारकर्मी […]

मल्लाजको बगरफाँटका बासिन्दा सडक मर्मतका लागि श्रमदानमा जुटे

सन्तोष गौतम/विकल्प म्याग्दी,मङ्सिर २६ गते । सात महिनादेखि सडक सुबिधाबाट बञ्चित म्याग्दी सदरमुकाम बेनीको कालीपुलसंग सिमाना जोडिएको पर्वतको मल्लाज बगरफाँटका बासिन्दाहरु श्रमदान गरेर अवरुद्ध सडक खुलाउन जुटेका छन् । कालीगण्डकीमा आएको बाढीले पर्वत बेनी हुदै बगरफाँट जोड्ने सडक कटान गरेपछि माझफाँट गाविसको ७ र ८ नम्बर वडामा पर्ने बगरफाँटका दुई सय घरधुरी सडक सुबिधाबाट बञ्चित […]

मल्लाजमा महायज्ञ सुरु

सन्तोष गौतम/विकल्प म्याग्दी,मंसीर २६ गते । उत्तरी पर्वतको मल्लाज माझफाँटमा शनिबारदेखि श्रीमद् भागवत तथा धनधान्याञ्चल विश्व शान्ति ज्ञान महायज्ञ २०७२ सुरु भएको छ । माझफाँट ७ स्थित ऐतिहाँसीक कोत मन्दिरको पुननिर्माण, पुर्वाधार निर्माण, पुजा ब्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने र मल्लाज क्षेत्रका धार्मीक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित महायज्ञ आगामी पुष ५ गतेसम्म […]

बेनीमा आयोजित बाथरोग उपचार शिवीर मार्फत दुई सय बढी लाभान्वित

विकल्प /म्याग्दी म्याग्दी मंसीर २६ गते । म्याग्दी सदरमुकाम बेनी स्थित जिल्ला अस्पतालमा शनिबार निशूल्क बाथरोग शिवीर सम्पन्न भएको छ । राष्ट्रिय बाथरोग उपचार केन्द्र गौशाला काठमाडौ र जिल्ला अस्पताल बेनीको प्राबिधिक सहयोगमा लायन्स कल्व अफ बेनी म्याग्दीले शिवीरको आयोजना गरेको अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले जानकारी दिनुभयो । शिवीर मार्फत दुई सय ३० […]

बेनी सामुदायीकका प्राचार्य श्रेष्ठलाई ईन्ट्रीगेटी आईडल बनाउन अभियान सुरु

विकल्प /म्याग्दी मंसीर २६ गते । राष्ट्रिय स्तरको सामाजिक संस्था एकाउन्टी बिलीटी ल्याबले हरेक बर्ष छनौट गर्ने उत्कृष्ट शिक्षक र कर्मचारी मध्य म्याग्दीका एक शिक्षक उत्कृष्ट पाँचको सूचिमा पर्नुभएको छ । बेनी सामुदायीक उच्च माविका प्राचार्य दिपक श्रेष्ठ संस्थाले प्रदान गर्न लागेको ईन्ट्रीगेटी आईडोल २०१५ को उत्कृष्ट पाँच जना उमेद्वारमा छनौट हुनुभएको हो । विभिन्न […]

नेपाली जनताको मानो खाएर भारतको गाना गाउनेलाई छाड्दैनौं – पहारी

प्रताप बानियाँ /विकल्प म्याग्दी, मंसिर २५ गते । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले नेपाली जनताले दिएको मानो खाएर भारतको गाना गाउनेहरुलाई त्यसै नछाड्ने चेतावनी दिएका छन् । युवा संघ म्याग्दीको १०औं जिल्ला सम्मेलनको बेनीमा उद्घाटन गर्दै उनले नेपालको विरुद्धमा षड्यन्त्र गर्नेलाई युवा संघले हिसाबकिताब गर्ने बताएका हुन् । उनले नेपालको कुर्सीमा बसेर भारतको चाप्लुसी […]

गलेश्वरमा खेलकुद मेलाको रौनकता सुरु

विकल्प न्यूज /म्याग्दी मंसीर २५ गते । बेनी नगरपालिका–९ घतानस्थित गलेश्वरमा खुल्ला भलिबल र बास्केटबल प्रतियोगिता सुरू भएको छ । बालाचतुर्दशी मेलाको अवसरमा गलेश्वर बाबा यूवा क्लवले आयोजना गरेको प्रतियोगिताको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले उद्घाटन गदैं धार्मिक क्षेत्र गलेश्वरको संरक्षण गर्दै नियमित खेलकुद गतिविधिलाई समेत निरन्तरता दिनुपर्नेमा जोड दिए । […]

नाकाबन्दीको सामना गर्दै न्यू वेष्ट प्वाईन्टको बायोग्यास

विकल्प न्यूज /म्याग्दी मंसीर २४ गते । बेनी बजारमा रहेको न्यू वेष्ट प्वाईन्ट विद्यालयमा वायो ग्यास जडान गरिएको छ । भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको अभाव भएपनि यहाँ खाना पकाउनका लागि कुनै चिन्ता छैन । विद्यालयमा सिर्जना हुने फोहोरजन्य पर्दाथबाट यहाँ बायो ग्यास निकालिएको छ । १० घनमिटरको बायो ग्यासले महिनामा ३ देखि पाँचवटा शिलिन्डर […]

सरसफाइमा नमुना बन्दै झीँ गाउँ (फोटो फिचर सहित)

विकल्प न्युज /म्याग्दी मंसीर २३ गते । म्याग्दीको झीँ गाउँ सरसफाईमा नमुना बन्दै जान थालेको छ । अधिकांश जनजाति समुदाय वसोवास गर्ने झीँका स्थानीयहरुले व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिन थालेपछि गाउँ नै सफा र स्वच्छ हुनथालेको हो । होमस्टे गाउँका रुपमा समेत चिनिन थालेको झीँका स्थानीयहरु गाउँलाई सफा,स्वच्छ र सुन्दर बनाउने अभियानमा जुटेका छन् […]

मुठ्ठीदान अभियानबाट दृष्टिवीहीन र हिंसा पीडीतलाई सहयोग

सन्तोष गौतम/विकल्प म्याग्दी मंसीर २४ गते । बेनीमा महिलाहरुले मुठ्ठीदान अभियानबाट खाद्यान्न संकलन गरेर बिहीबार दृष्टिवीहीन परिवार र हिंसा पीडीत महिलालाई सहयोग गरेका छन् । दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा संकलीत खाद्यान्न अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापनको अवसरमा वितरण गरिएको हो । ताकम ५ की हिंसापीडित […]