मल्लाजमा महायज्ञ सुरु

सन्तोष गौतम/विकल्प
म्याग्दी,मंसीर २६ गते । उत्तरी पर्वतको मल्लाज माझफाँटमा शनिबारदेखि श्रीमद् भागवत तथा धनधान्याञ्चल विश्व शान्ति ज्ञान महायज्ञ २०७२ सुरु भएको छ ।

Mallaj 4 माझफाँट ७ स्थित ऐतिहाँसीक कोत मन्दिरको पुननिर्माण, पुर्वाधार निर्माण, पुजा ब्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने र मल्लाज क्षेत्रका धार्मीक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित महायज्ञ आगामी पुष ५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

Mallaj 6

पण्डीत कमलनयन गौतमले कथा वाचन गर्नुहुने महायज्ञबाट दुई करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञको आयोजक समितिका अध्यक्ष क्या. टेक बहादुर जि.सीले उद्घाटन गर्नुको भएको थियो । सिद्धेश्वर शिवालयबाट शोभायात्रा सहित सुरु भएको महायज्ञमा दान दाता, समाजसेवि, बद्धिजिवी र बृद्धवृद्धाहरुलाई समेत सम्मान गरिएको महायज्ञका प्रचारप्रसार संयोजक नविन जिसीले जानकारी दिनुभएको छ ।

Mallaj 7
महायज्ञ मुल आयोजक समितिका अध्यक्ष क्या.टेक बहादुर जि.सीको अध्यक्षता, धौलागीरी पस्मिना उद्योगका सञ्चालक शिव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, महायज्ञ प्रचारप्रसार उपसंयोजक बाबुराम कार्कीको स्वागत र सचिव गोपाल प्रसाद आचार्यको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सांसद रेशमबहादुर बानियाका साथै स्थानीय व्यक्तित्वहरुले मन्तब्य व्यक्त गर्नुभएको थियो ।