गलेश्वरमा खेलकुद मेलाको रौनकता सुरु

12342409_380983238742150_6207130289810584226_nविकल्प न्यूज /म्याग्दी
मंसीर २५ गते ।
बेनी नगरपालिका–९ घतानस्थित गलेश्वरमा खुल्ला भलिबल र बास्केटबल प्रतियोगिता सुरू भएको छ । बालाचतुर्दशी मेलाको अवसरमा गलेश्वर बाबा यूवा क्लवले आयोजना गरेको प्रतियोगिताको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले उद्घाटन गदैं धार्मिक क्षेत्र गलेश्वरको संरक्षण गर्दै नियमित खेलकुद गतिविधिलाई समेत निरन्तरता दिनुपर्नेमा जोड दिए । ‘यूवाको सहभातिगामा समाजलाई सभ्य बनाउन सकिन्छ । यूवाको अभियानमा मेरो निरन्तर साथ रहन्छ’ उनले भने ।

12345420_380983432075464_6954796144132449671_n

गलेश्वरमा भइरहेको विकास निर्माण, सामाजिक कार्यमा सहभागिताका साथै गलेश्वरबासीको एकतालाई समेत थप बलियो बनाउनुपर्नेमा समेत उनले जोड दिए । उद्घाटन कार्यक्रममा समाजसेवी बम बहादुर पुन र खगराज पोख्रेलले यूवाको सहभागितामा हुने कार्यक्रमहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गराउने बताए । सोही अवसरमा गलेश्वर आमा समुहकी अध्यक्ष गौ मायाँ गर्बुजा, जिविस अन्र्तरगतको दलित बर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष बालकुमार लामिछानेले समेत मन्तब्य राखेका थिए। उद्घाटन कार्यक्रमको अध्यक्षा दिवाकर बुढाथोकी, स्वागत सचिव भोज बहादुर बानियाँ र संचालन विक्रम बोगटीले गरेका थिए । रघुगंगा आमा समुह, गलेश्वरधाम आमा समुहको संयोजनमा सांस्कृतिक प्रस्तुती समेत गरिएको थियो ।
शनिबारसम्म प्रतियोगितको नाम दर्ता गरिने कोषाध्यक्ष विजय पुनले बताए । उनका अनुसार प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरूको समेत उपस्थिती रहेको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलमा समेत सहभागिता जनाएका भलिवल खेलाडीहरु सम्पर्कमा आएको उनले बताए । प्रतियोगितामा भलिबलको पुरुष तर्फ प्रथम पुरस्कार ८० हजार, द्धितिय ४५ हजार, महिलातर्फ प्रथम ३० हजार, द्धितिय २५ हजार, त्यसैगरी पुरुष बास्केटबल प्रथम ४० हजार र द्धितिय २५ हजार रहेको छ । प्रतियोगिताका साथै मंसिर २७ गते चर्चित गायक सम्बोज मल्लका साथै राजन बरायली लगाएत अन्य कलाकारले सांङ्गितक प्रस्तुती समेत दिनेछन् । हरिकृष्ण गौतम