बेनी सामुदायीकका प्राचार्य श्रेष्ठलाई ईन्ट्रीगेटी आईडल बनाउन अभियान सुरु

विकल्प /म्याग्दी
मंसीर २६ गते ।
राष्ट्रिय स्तरको सामाजिक संस्था एकाउन्टी बिलीटी ल्याबले हरेक बर्ष छनौट गर्ने उत्कृष्ट शिक्षक र कर्मचारी मध्य म्याग्दीका एक शिक्षक उत्कृष्ट पाँचको सूचिमा पर्नुभएको छ ।

बेनी सामुदायीक उच्च माविका प्राचार्य दिपक श्रेष्ठ संस्थाले प्रदान गर्न लागेको ईन्ट्रीगेटी आईडोल २०१५ को उत्कृष्ट पाँच जना उमेद्वारमा छनौट हुनुभएको हो । विभिन्न चरणमा छनौट भई उत्कृष्ट पाँच जनाको सूचिमा पर्नुभएका श्रेष्ठलाई जिताउन म्याग्दीमा अभियान सुरु भएको छ ।

DSC05458

संस्थाले हरेक वर्ष देशभरका निजामती कर्मचारी र शिक्षकहरुमध्य सम्बन्धित क्षेत्रमा सकारात्मक काम गर्ने एक जनालाई ईन्ट्रिगेटी आईडलको रुपमा पुरस्कृत गर्दै आएको छ । पाँच जना मध्य एक जना उमेद्वारलाई एसएमएस, जिमेल, फेसबुक, टुईटर र युट्युवमा प्राप्त हुने भोटको आधारमा उत्कृष्टको रुपमा छनौट गरिने भएको छ ।

धेरै भोट गरेर श्रेष्ठलाई जिताउनका लागि ओमकुमारी शान्ति कोषले संस्थाका उपाध्यक्ष तथा पत्रकार हरिकृष्ण गौतमको संयोजत्वमा ३१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । समितिमा जिल्लामा क्रियाशिल पत्रकार, सामाजिक व्यक्तित्व र विद्यार्थी संगठनका प्रतिनिधिहरु रहेको संस्थाका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।

भोटीङ खुल्ला भएपछि समितिले विभिन्न माध्यमबाट अभियान सञ्चालन गर्ने तयारी गरेको छ । प्राचार्य श्रेष्ठले प्राप्त गर्ने पुरस्कार जिल्ला तथा अञ्चलको पहिचान र प्रतिष्ठासंग जोडेर अभियानमा सम्पूर्णले साथ दिनुपर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष सुरज केसीले बताउनुभयो ।

४३ वर्षिय श्रेष्ठले हालै उत्कृष्ट शिक्षकको रुपमा एक लाख रुपैयाको पुरस्कार प्राप्त गर्नुभएको थियो भने बेनी सामुदायीक उच्च मावि २०७० को एसएलसी नतिजाको आधारमा देशमै उत्कृष्ट बनेको छ ।

प्राचार्य श्रेष्ठको कुशल नेतृत्व, समन्वयकारी भुमिका, विद्यार्थी केन्द्रित शिक्षण बिधी, अभिभावकसंग सहकार्य, प्रबिधिको प्रयोग, विद्यार्थी मैत्री वातावरण, शिक्षकहरुको सृजनशिलता र व्यवस्थापन समितिको सक्रियताका कारण बेनी सामुदायीक उच्च मावि नेपालमै उत्कृष्ट बनेको हो । सन्तोष गौतम