विकल्प /म्याग्दी
म्याग्दी मंसीर २६ गते । म्याग्दी सदरमुकाम बेनी स्थित जिल्ला अस्पतालमा शनिबार निशूल्क बाथरोग शिवीर सम्पन्न भएको छ ।
राष्ट्रिय बाथरोग उपचार केन्द्र गौशाला काठमाडौ र जिल्ला अस्पताल बेनीको प्राबिधिक सहयोगमा लायन्स कल्व अफ बेनी म्याग्दीले शिवीरको आयोजना गरेको अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले जानकारी दिनुभयो ।
शिवीर मार्फत दुई सय ३० जना बाथरोगीले सेवा लिएको लायन्स कल्व अफ बेनी म्याग्दीका अध्यक्ष कूबिरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिवीरमा स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरणको सुबिधा दिइएको थियो । राष्ट्रिय बाथरोग उपचार केन्द्रका चिकित्सक बिनित बैद्यको नेतृत्वमा रहेको ५ जना डाक्टरहरुको टोलीले उपचार सेवा दिएको थियो ।