वेपत्ता युवकको चौध दिनपछि शव भेटियो

सन्तोष गौतम/विकल्प
म्याग्दी,मंसीर २७ गते ।
सदरमुकाम बेनीबाट १४ दिनअघि वेपत्ता भएका एक युवकको शव भेटिएको छ ।

बेनी नगरपालीका ७ क्याम्पसचोकका १९ वर्षिय बिकास छन्त्यालको कालीगण्डकी नदी किनारमा शव फेला परेको हो ।

bikash बेनी नगरपालीका १ सारेमारे स्थित नदी किनारमा भेटिएको छन्त्याललको शवलाई आईतबार पोष्टमार्टम गरि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
छन्त्याल मंङ्सिर १३ गतेदेखि बेपत्ता भएका थिए । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।