विद्यालयहरुलाई प्राथमिक उपचारका स्वास्थ्य सामाग्रीहरु वितरण

विकल्प न्यूज/बेनी
मंसीर २७ गते । जिल्ला अस्पताल म्याग्दीले जिल्ला भित्रका विद्यालयहरुलाई प्राथमिक उपचारका लागि चाहिने औषधि लगायत अन्य सामाग्रीहरु वितरण गर्न सुरु गरेको छ ।
डायरीया,टाउको दुखेको,खोकी लाग्ने र सामन्य चोटपटक लागेका विद्यार्थीहरुलाई विद्यालयमै प्राथमिक रुपमा उपचार गर्न सहज होस भनेर औषधि लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।

12313564_1041741819201685_6421370376164464381_n
जिल्लाका एकसय ६८ विद्यालयहरुलाई प्राथमिक स्वस्थ्य उपचारका लागि चाहिने औषधि लगायत अन्य सामाग्रीहरु वितरण गर्न सुरु गरिएको जिल्ला अस्पताल म्याग्दीका प्रमुख डाक्टर रोशन न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार अहिले सम्म जिल्लाका १५ विद्यालयले उक्त सामाग्रीहरु लगिसकेका छन् । औषधि लगायत हात धुने सावुन,नङकट,ड्रेसिङका सामाग्री,घाउ टेप गरी करिव चारहजार पाँचसय रुपियाँ वरावरका सामाग्रीहरु प्रत्येक विद्याललाई वितरण गरिने अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले जानकारी दिनुभएको छ । विद्यालयमै उपलब्ध प्राथमिक उपचारले विद्यार्थीहरुलाई सहज हुने केसीले अपेक्षा व्यक्त गर्नुभयो ।
प्राथमिक उपचारको विधिका वारेमा विद्यालयका शिक्षकहरुले  गतवर्ष चार दिने  तालिम लिइसेका छन् । तालिममा सहभागि भएका विद्यालयहरुलाई यसपाली प्राथमिक उपचारका सामाग्रीहरु वितरण गरिएको अस्पतालले जनाएको छ । ठाकुरप्रसाद आचार्य