म्याग्दी जेसीजको अध्यक्षमा भिमसेन विश्वकर्मा

विकल्प /म्याग्दी
मंसीर २६ गते ।

म्याग्दी जेसीजको सन् २०१६ को अध्यक्षमा भिमसेन बहादुर विश्वकर्मा सर्वसम्मतिले चयन भएका छन् । शनिबार  सम्पन्न भएको अधिवेशनमा अध्यक्षमा प्रत्यासी लोकेश पुन मगरले आफ्नो नाम फिर्ता लिएका थिए । अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा बद्री प्रसाद पौडेल, कमल विश्वकर्मा, उपाध्यक्षमा विपिन श्रेष्ठ, सुमन श्रेष्ठ, खम थापा र भरत रकाल  सर्वसम्मतिबाट चयन भएको पूर्व अध्यक्ष विनय श्रेष्ठले बताए ।

10009787_841790429210393_2485394933479012523_n

कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष, शाखा सम्पादक, सहसचिव र सहकोषाध्यक्ष पहिलो बैठकबाट मानोनित गरिने छ । विभिन्न कार्यक्रमका संयोजक सहित जेसीजको विभिन्न तहमा समेत रहेर काम गरेका विश्वकर्माले जेसीजको भावना अनुसार आफ्नो नेतृत्वलाई अगाडी बढाउने प्रतिबद्धता समेत जनाएका छन् । उनले पुराना योजना संगै नयाँ कार्यक्रमलाई समेत प्राथमिकता दिने  बताए ।