युवा संघ म्याग्दीले गाउँ अभियान सञ्चालन गर्ने

विकल्प न्यूज/म्याग्दी
मंसीर २७ गते । एमाले निकट युवा संघ म्याग्दीले संगठन सुदृढीकरण र युवाहरुको चेतना वृद्धिका लागि गाउँ अभियान सञ्चालन गर्ने भएको छ । संघको दशौं जिल्ला अधिबेशनबाट निर्वाचित नयाँ कमिटीको पहिलो वैठकले जिल्लाभरका युवाहरुलाई संगठीत गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको संघका सचिव हरी क्षत्रीले जानकारी दिनुभएको छ ।

12310524_1002987436410305_8450973176566461803_n
शनिवार सम्पन्न भएको अधिबेशनमा नसमेटिएका ६ गाविसमा गाउँ अधिबेशन गर्ने र नयाँ समिति गठन गर्ने सचिव क्षत्रीले बताउनुभयो । संघको पहिलो वैठकले अधिबेशन भब्य रुपमा सम्पन्न गराउन सहयोग गर्नु हुने सम्पुर्ण पार्टी नेतृत्व,ब्यापारी, समर्थक सुवेक्षुक महानुभाबहरुलाइ धन्यवाद दिएको छ । बैठकबाट १५ सदस्यीय रहने गरी सचिवालयको गठन गरेको युवा संघ म्याग्दीले जनाएको छ ।
संगठनलाई गाउँ गाउँमा पु¥याउन इलाका इन्चार्ज गाउँ इन्चार्ज चयन र १ महिना भित्र सबैले आफ्नो जिम्मेवारी लिएको ठाउँमा संगठनको भेला र गाउँ अधिबेशन गर्न निर्देशन दिने निर्णय गरिएको युवा संघले जनाएको छ । संघले वर्तमान समयका सन्दर्भमा युवाहरुले खेल्नुपर्ने भूमिकाका वारेमा माघ ८ र ९ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको सचिव क्षत्रीले जानकारी दिनुभयो । ठाकुरप्रसाद आचार्य