समाचार
यस्ता छन् कालीगण्डकी किनारमा वस्नेका पीडा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ बैशाख । म्याग्दी सदरमुकाम बेनीसंगै रहेका उत्तरी पर्वतको माझफाँट गाविसको तिन वटा बस्तीका तिन सय भन्दा धेरै घरधुरी कालीगण्डकी नदीको कटानका कारण जोखिममा परेका छन् । माझफाँट गाविसको २, ३, ७ र ८ नम्बर वडामा पर्ने लामाखेत, वारीबेनी गुफाटोल र बगरफाँटको बस्ती कालीगण्डकीको कटानको जोखिममा परेका हुन् । कालीगण्डकीमा बर्षेनी […]
मुटुरोगी बालकको उपचारका लागि आर्थिक स्रोत जुटाउन अभियान सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ बैशाख । म्याग्दीका एक जना मुटुरोगी बालकको शल्यक्रियाका लागि आर्थिक स्रोत जुटाउन अभियान सुरु भएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बेनी नगरपालीका १ रत्नेचौरका ९ वर्षिय नविन थापामगरको शल्यक्रिया गर्ने उपचार खर्च जुटाउन अभियान सुरु गरेको हो । संस्थाको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि अभिभावको कमजोर आर्थिक […]
बेनी नगरपालीकाका उपभोक्ता समिति ऋणमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ बैशाख । बेनी नगरपाली कार्यालयका योजना तथा कार्यक्रम कार्यान्वयमा समस्या देखिएको छ । नगरपालीकाले पेश्की नदिने ब्यवस्था गरेपछि उपभोक्ता समितिलाई निर्माण सामाग्री खरिद र मजदुरलाई ज्याला दिन समस्या भएको हो । आर्थिक अभावमा उपभोक्ता समितिका पदाधीकारी ऋण खोजेर काम गर्न बाध्य भएका छन् । आफै आर्थिकको जोहो गर्न नसक्ने अवस्था […]
भलिबलको उपाधी नयाँ शक्ति म्याग्दीलाई
विकल्प न्यूज/बेनी बैशाख ८ गते । म्याग्दीको बाबियाचौर २ सिमलचौरमा नव बर्ष तथा चैतेदशैंको अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधी नयाँ शक्ती नेपाल म्याग्दीले हात पार्न सफल भएको छ । प्रभात शान्ति यूवा क्लवले आयोजना गरेको प्रतियोगितामा आयोजकलाई हराउँदै नयाँ शक्तीले उपाधी कब्जा गरेको हो । दुवै टिमले दुईदुई सेट जितेपछि अन्तिम सेटमा नयाँ शक्तीका […]
नेपाल निजामति कर्मचारी सङ्गठनले २६औं स्थापना दिवस मनायो

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, वैशाख ७ नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आफ्नो २६औं स्थापना दिवस मनाएको छ । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं, संघीयतामा सुशासन सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक अधिकारसहितको टे«ड युनियन हाम्रो अभियान’ भन्ने नारासहित दिवस मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण […]
म्याग्दी–कालीगण्डकीमा फोहोर नगर्ने प्रतिवद्धता सहित हस्ताक्षर संकलन अभियान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ बैशाख । म्याग्दी सदरमुकाम बेनीमा म्याग्दी र कालीगण्डकी नदीमा बढ्दो फोहोर र प्रदुषण नियन्त्रणका लागि दवाव सृजना गर्ने उद्देश्यले मंगलबार हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको छ । खानेपानी, सरसफाई तथा स्वच्छता (वास) पत्रकार मञ्चको आयोजनामा बेनी बजारका विभिन्न स्थानमा नदीमा फोहोर नगर्ने प्रतिवद्धता सहितको हस्ताक्षर संकलन गरिएको हो । म्याग्दीका […]
यसपटक “गोपाल कमरेड”लाई एकथान जब्बर बधाई दिन मनलाग्यो !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज म्याग्दी,बैशाख ७ गते । हार्दिक बधाई छ गोपालजी ! विधिवत छोराहरुको व्रतबन्ध संस्कार सम्पन्न गर्नु भएकोमा बधाई ! साधारण सदस्यता समेत नरहनेगरी कम्युनिष्ट पार्टीसँग सम्बन्ध टुटेको डेढ दशक बितिसकेछ । कम्युनिष्टहरुले व्यवहारमा आपसी सम्बोधनको रुपमा “कमरेड” शब्दको उपयोग गर्ने गर्छन् । बाबु–छोरा र पति–पत्नीबीच पनि कमरेड र तपाईको आदरार्थी सम्बोधन आम प्रचलनमा […]
म्याग्दीका खानी संरक्षण र उत्खनन्को पखाईमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,बैशाख ७ गते । म्याग्दीका विभिन्न ठाउँमा रहेका खानीहरु संरक्षण र उत्खनन्को पखाईमा रहेका छन् । तामा, स्लेट (घर छाउने ढुंङ्गा) शिलाजीत, खरि, चुनढुङ्गाका खानीहरु बर्षौदेखि बन्द अवस्थामा रहेका छन् । बन्द खानीहरुको संरक्षण पनि हुन सकेको छैन् । संरक्षणको अभावमा खानीहरु पुरिदै गएका छन् । खानीहरुको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले […]
नवविकल्प साप्ताहिकको ३० औ संस्करण अनलाइन मार्फत पढ्न यहाँ क्लिक गर्नुहोस

नवविकल्प साप्ताहिकको ३० औ संस्करण अनलाइन मार्फत पढ्न यहाँ क्लिक गर्नुहोस Nawa Bikalpa 8-30
गैसस महासंघ म्याग्दीको अध्यक्षमा पौडेल निर्वाचित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ बैशाख । गैरसरकारी संस्था महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा दोस्रो कार्यकालका लागि हरिप्रसाद पौडेल निर्वाचित हुनुभएको छ । शाखाको सोमबार बेनीमा सम्पन्न १९ औ साधारणसभा तथा आठौ अधिवेशनबाट पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । शाखाको उपाध्यक्षमा दिपक पौडेल, सचिवमा जुना गर्बुजा, कोषाध्यक्षमा खरमाया बिटालु र सहसचिवमा चुमाया […]
देविस्थानमा भिम माविको स्वर्ण जयन्ती सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ बैशाख । म्याग्दीको देविस्थानमा रहेको भिम माविले स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा सोमबारदेखि स्वर्णजयन्ती मनाउन सुरु गरेको छ । ५७ वर्षअघि वि.स २०१६ सालमा स्थापना भएको भिम माविले बैशाख १३ गतेसम्म बिबिध कार्यक्रम सहित मनाउन लागेको स्वर्ण जयन्तीको म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा […]
समानुपातिक प्रतिनिधित्व माग गर्दै राष्ट्रिय कर्मचारी संगठनको धर्ना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, ६ बैशाख । आधिकारिक टे«ड यूनियनको निर्वाचनमा समावेशी र समानुपातिक प्रतिनिधित्वको माग गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समिति म्याग्दीले निर्वाचन अधिकृतको कार्यालयमा सोमबार धर्ना दिएको छ । संगठनको राष्ट्रिय कार्यक्रम अनुसार ११ बजेदेखि १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा धर्ना बसेको अध्यक्ष दिपकलाल पालले जानकारी दिनुभयो । अबैज्ञानिक थ्रेस होल्डको […]
म्याग्दीमा गैसस महासंघको आठौं अधिवेशन

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, वैशाख ६ गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय महासचिव मिलन श्रेष्ठले नेपाल सरकारको विकासका साझेदार संस्थाहरु गैरसरकारी संस्था भएको बताएका छन् । गैसस महासंघ म्याग्दी शाखाको १६ औं साधारणसभा तथा आठौं अधिवेशनको सोमबार सदरमुकाम बेनीमा उद्घाटन गर्दै उनले राज्यको साझेदारी निकायका रुपमा गैससहरु रहेको बताएका हुन् । गैरसरकारी संघसंस्थाले स्वयंसेवकका रुपमा समाजमा […]
गैसस महासंघ म्याग्दीद्धारा पत्रकार बानियाँ सम्मानित

विकल्प न्यूज/बेनी बैशाख ६ गते । गैर सरकारी संस्था महासंघ नेपाल म्याग्दी शाखाले म्याग्दीमा क्रियाशिल पत्रकार प्रताप बानियाँलाई सम्मान गरेको छ । गैसस म्याग्दीको १६ औ साधारणसभा तथा ८ औ अधिबेशनका अवसरमा जिल्लामा गैससहरुले गरेका क्रियाकलापहरुलाई नागरिक माझ पु¥याउन महत्वपूर्ण योगदान गरेको भन्दै पत्रकार बानियाँलाई कार्यक्रमका प्रमुख अतिथि गैसस महासंघका केन्द्रिय महासचिव मिलन श्रेष्ठ र […]
बाल संगठनका बिद्यार्थी संग मनायो नेबिसंघ म्याग्दीले स्थापना दिवस

विकल्प न्यूज/बेनी बैशाख ६ गते । नेपाल बिद्यार्थी संघको ४६ औ स्थापना दिवस यहाँको बालगृहमा रहेका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र खाद्यान्य बितरण गरि मनाएको छ । नेबिसंघ जिल्लाकार्य समिति म्याग्दीको आयोजनामा जिल्ला बाल संगठनमा रहेका नौ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीका साथै नुन तेल चामल लगायतका खाद्यान्य सामाग्री हस्तान्तरण गरि मनाएको हो । बिद्यार्थीहरुको हक र […]