ताजा समाचार:
Search

म्याग्दी–कालीगण्डकीमा फोहोर नगर्ने प्रतिवद्धता सहित हस्ताक्षर संकलन अभियान

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ७ बैशाख ।
म्याग्दी सदरमुकाम बेनीमा म्याग्दी र कालीगण्डकी नदीमा बढ्दो फोहोर र प्रदुषण नियन्त्रणका लागि दवाव सृजना गर्ने उद्देश्यले मंगलबार हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको छ ।

खानेपानी, सरसफाई तथा स्वच्छता (वास) पत्रकार मञ्चको आयोजनामा बेनी बजारका विभिन्न स्थानमा नदीमा फोहोर नगर्ने प्रतिवद्धता सहितको हस्ताक्षर संकलन गरिएको हो ।DSC00436
म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बालमन्दिर चोकमा उद्घाटन गर्नुभएको हस्ताक्षर संकलन अभियानमा जिल्ला स्थित कार्यालयका प्रमुख, बेनी बजारका टोल सुधार समिति, सर्वसाधारण, नागरीक समाजले सहभागिता जनाएका छन् ।

धार्मीक, सांस्कृतीक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने कालीगण्डकी र त्यसको सहायक नदी म्याग्दीमा फोहोर फाल्ने तथा ढल मिसाउने कार्यलाई निरुत्साहीत गर्न हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यले बताउनुभयो ।

मञ्चले नदी सरसफाईका लागि जनचेतनामुलक कार्यक्रमसंगै बैशाख ९ गते बिहीबारदेखि बृहत म्याग्दीकाली सरसफाई अभियान पनि सुरु गर्ने तयारी गरेको अभियानका संयोजक गोपाल छन्त्यालले जानकारी दिनुभयो ।

सरकारी कार्यालय, राजनितिक दल, बजारबासी, सुरक्षा निकायको सहभागितामा प्रत्येक हप्ताको बिहीबार नदी किनारमा फालीएका फोहोर संकलन गरि ब्यवस्थित गर्न अभियान सुरु गर्न लागिएको मञ्चका अध्यक्ष आचार्यले बताउनुभयो ।