ताजा समाचार:
Search

भलिबलको उपाधी नयाँ शक्ति म्याग्दीलाई

विकल्प न्यूज/बेनी
बैशाख ८ गते ।
म्याग्दीको बाबियाचौर २ सिमलचौरमा नव बर्ष तथा चैतेदशैंको अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधी नयाँ शक्ती नेपाल म्याग्दीले हात पार्न सफल भएको छ ।
प्रभात शान्ति यूवा क्लवले आयोजना गरेको प्रतियोगितामा आयोजकलाई हराउँदै नयाँ शक्तीले उपाधी कब्जा गरेको हो ।
दुवै टिमले दुईदुई सेट जितेपछि अन्तिम सेटमा नयाँ शक्तीका खेलाडीहरूले जोशिलो खेल प्रस्तुती गरेका कारण उपाधी हातपार्न सफल भएको नयाँ शक्ति अभियानका जिल्ला अभियान्ता इन्द्र मगरले जानकारी दिनुभयो ।new
मगरले खेलमा सफल हुने खेलाडीहरुलाई बधाई समेत दिनुभएको थियो । नयाँ सोच र विचारका साथ जन्मिएको नयाँ शक्तिले समाजका हरेक क्रियाकलापहरुमा उत्कृष्टता प्रदर्शन गर्ने बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ३१ हजार ट्रफी, मेडल र प्रमाणपत्र, द्धितिय टिमलाई १८ हजार र तृतियले ८ हजार प्राप्त गरेका छन् । new1
प्रतियोगितामा २५ टिमको सहभागिता रहेको क्लवले जनाएको छ ।
पुरस्कार वितरण कार्यक्रममा क्लवका अध्यक्ष अध्यक्ष सुरज खड्का, खेलकुद अध्यक्ष रमेश केसी र वडा नागरिक मञ्चको दिर्घबहादुर केसी लगाएतको सहभागिता रहेको थियो ।