ताजा समाचार:
Search

नेपाल निजामति कर्मचारी सङ्गठनले २६औं स्थापना दिवस मनायो

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, वैशाख ७
नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आफ्नो २६औं स्थापना दिवस मनाएको छ । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं, संघीयतामा सुशासन सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक अधिकारसहितको टे«ड युनियन हाम्रो अभियान’ भन्ने नारासहित दिवस मनाएको हो । IMG_0001
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले नेपाल निजामति कर्मचारी सङ्गठन देशको पहिलो तथा अब्बल सङ्गठन भएको र पछि अन्य सङ्गठन जन्मिएको बताए । उनले कर्मचारीहरु राज्यको स्थायी सरकार भएको हुँदा देश विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।IMG_0010
कार्यक्रममा नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य साधनाकुमारी श्रेष्ठले राज्यले करारमा रहेका कर्मचारीहरुलाई सेवासुविधामा वृद्धि गर्नुपर्ने बताउँदै सरकारले तोकिएकै समयमा निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियनको निर्वाचन गर्नुपर्ने बताइन् ।
कार्यक्रमको अवसरमा लोकसेवाबाट सिफारीस तथा विभिन्न जिल्लाबाट सरुवा भएर आएका कर्मचारीहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा पशुपंक्षी विकास राज्यमन्त्रीका निजी सचिव चन्द्रमणि सापकोटा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष बालकुमार रोका, कर्मचारी सङ्गठनका सदस्य कुलराज पौडेलले मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष जीवनप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष चित्रराज शर्माको स्वागत र सचिव भोजबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम शुरु हुनुपूर्व कर्मचारीहरुले बेनीबजारमा प्रभातफेरी गरेका थिए ।