ताजा समाचार:
Search

बाल संगठनका बिद्यार्थी संग मनायो नेबिसंघ म्याग्दीले स्थापना दिवस

विकल्प न्यूज/बेनी
बैशाख ६ गते ।
नेपाल बिद्यार्थी संघको ४६ औ स्थापना दिवस यहाँको बालगृहमा रहेका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र खाद्यान्य बितरण गरि मनाएको छ ।
नेबिसंघ जिल्लाकार्य समिति म्याग्दीको आयोजनामा जिल्ला बाल संगठनमा रहेका नौ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीका साथै नुन तेल चामल लगायतका खाद्यान्य सामाग्री हस्तान्तरण गरि मनाएको हो ।
बिद्यार्थीहरुको हक र हितको लागि स्थापित संगठनको जननायक बिपी कोइराला र सन्त नेता कृष्णप्रसाद भट्टराईको सक्रियतामा २०२७ साल बैशाख ६ गते आजकै दिन स्थापना भएको नेबिसंघले अग्रगामी आन्दोलन र प्राज्ञिक अभियानमा पार्टीलाई सहयोग गर्दै आएको छ ।13012731_1565055070460087_7491968560401406862_n
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख नेपाली कांग्रेस म्याग्दीका सचिव हरिकुमार श्रेष्ठले नेबिसंले हरेक गतिविधि गुणस्तरीय र बिद्यार्थीको पक्षमा गर्ने भएकोले नेबिसंघले गरेका कार्यलाई सबैले अनुसरण गर्नुपर्ने भन्दै नेपालको बिद्यार्थी आन्दोलनमा अग्रेणी भुमिकामा रहेको नेबिसंघ एक इतिहासिक संगठन भएको बताउनु भएको छ ।
नेबिसंघ म्याग्दीका अध्यक्ष भरत रकालको अध्यक्षता सदस्य बिशाल खत्रीको स्वागत नेबिसंघ म्याग्दी क्याम्पस ईकाईका सभापति निर्मल खत्रीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमा नेबिसंघ म्याग्दीका महाधिबेशन प्रतिनिधी बिक्रम बोगटी,सदस्य गोबिन्द बानियाँ बालसंगठन म्याग्दीका केन्द्र प्रमुख मेघराज सुबेदी लगायतले बोलेका थिए । म्याग्दीको आयोजनामा धवलागिरी अञ्चल स्तरीय बिचार गोष्ठी समेत आयोजना गरिएको नेबिसंघ म्याग्दीले जनाएको छ ।