ताजा समाचार:
Search

गैसस महासंघ म्याग्दीको अध्यक्षमा पौडेल निर्वाचित

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ बैशाख ।
गैरसरकारी संस्था महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा दोस्रो कार्यकालका लागि हरिप्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।DSC00431

शाखाको सोमबार बेनीमा सम्पन्न १९ औ साधारणसभा तथा आठौ अधिवेशनबाट पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । शाखाको उपाध्यक्षमा दिपक पौडेल, सचिवमा जुना गर्बुजा, कोषाध्यक्षमा खरमाया बिटालु र सहसचिवमा चुमाया थजाली निर्वाचित हुनुभएको छ ।hari 2

यसैगरी कार्यसमिति सदस्यहरुमा सुरेन्द्र केसी, बिष्णु रोका, निरमाया मिजार, बिष्णु गुरुङ, सागर सुवेदी र श्रीराम पौडेल रहनुभएको छ ।