ताजा समाचार:
Search

समानुपातिक प्रतिनिधित्व माग गर्दै राष्ट्रिय कर्मचारी संगठनको धर्ना

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, ६ बैशाख ।
आधिकारिक टे«ड यूनियनको निर्वाचनमा समावेशी र समानुपातिक प्रतिनिधित्वको माग गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समिति म्याग्दीले निर्वाचन अधिकृतको कार्यालयमा सोमबार धर्ना दिएको छ ।

संगठनको राष्ट्रिय कार्यक्रम अनुसार ११ बजेदेखि १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा धर्ना बसेको अध्यक्ष दिपकलाल पालले जानकारी दिनुभयो । अबैज्ञानिक थ्रेस होल्डको खारेजी र सवैको प्रतिनिधित्व सुनिश्चितताको माग राख्दै उनीहरु धर्नामा बसेका थिए । aaa karmachari (1)
अध्यक्ष पालले भन्नुभयो–“अरु कसैको निर्वाचनमा थ्रेस होल्ड नचाहिने अनि कर्मचारीको चुनावमा चाहि थ्रेस होल्ड चाहिने ?” सिमित संगठनहरुको प्रनिधित्व मात्र नभएर सम्पूर्ण संगठनको प्रतिनिधित्वको सुनिश्चितता हुनु पर्नेमा उनीहरुले जोड दिए ।

आधिकारिक टे«ड यूनियनको निर्वाचनमा सबैको समावेशी र समानुपातिक प्रतिनिधित्व नभएसम्म निर्वाचत हुन नदिने अध्यक्ष पालको भनाई छ । आज बेलुकासम्म पनि कुनै पहल नभएमा आन्दोलनका थप कार्यक्रम जारी गरि अगाडि बढ्ने संगठनले जनाएको छ । आईतबार पनि विहान साढे ११ बजेदेखि १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा धर्ना बसेको थियो ।