समाचार
पर्वत बेनीमा पहिरो खस्दा एकको मृत्यु, पाँच जना घाईते

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ साउन । पहिरोमा पुरिएर पर्वतको मल्लाज माझफाँट गाविस ३ स्थित पर्वत बेनीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । म्याग्दी बेनी हुदै पर्वतको मल्लाज जाने पदमार्गको प्रवेशद्धार नजिकै रहेको धौलागिरी कपास उद्योग माथिको भिरबाट पहिरो खस्दा पुरीएर घाइते भएकी ११ वर्षिया अंकिता तामाङको उपचारका लागि […]
पहिरो खस्दा पर्वत बेनीमा एक मृत्यु

विकल्प न्यूज/बेनी साउन १२ गते । पर्वत बेनीमा पहिरो खस्दा एकजनाको मृत्यु भएको छ । अबिरल वर्षा सँगै मगंलबार राति पाखोबाट ढिस्को खस्दा पर्वतको माझफाँट–३ मा एक जनाको ज्यान गएको हो । ८ जना घाइते भएका छन् । मंगलबार राती १ बजे ५० मिटरमाथिबाट झरेको पहिरोले माझफाँट–३ मा सञ्चालित धवलागिरी कपास उद्योगमा बस्ने १२ वर्षकी […]
गलेश्वरमा एकै दिन एक लाख ८२ हजार रुपैयाँ भेटी संकलन
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ११ साउन । बेनी नगरपालिका ९ मा रहेको गलेश्वर मन्दिरमा एकै दिन एक लाख असी हजार रुपैया भन्दा बढी भेटि संकलन भएको छ । साउन महिनाको दोस्रो सोमबार (हिजो) गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनबाट एक लाख ८२ हजार ३२२ रुपैया भेटिक संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको […]
बर्षा र बाढी पहिरोले म्याग्दीको जनजिवन प्रभावित,बेनीका तिन वटा कार्यालयमा बाढी पस्यो

सबै सडक अवरुद्ध कालीगण्डकी र म्याग्दी नदीमा पानीको सतह बढ्यो । सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ११ साउन । गएराती देखिको बर्षाका कारण म्याग्दीको जनजिवन प्रभावित भएको छ । बर्षासंगै विभिन्न ठाउँमा गएको पहिरोले व्यक्तिका घरहरु जोखिममा पर्नुका साथ बेनीको सरकारी कार्यालयहरुमा बाढी पसेको छ । पहिरोले जिल्लाका सबै सडकहरु अवरुद्ध हुदा ग्रामिण बस्तीको सदरमुकामसंग […]
म्याग्दीमा स्थानीय तहको पुनसंरचनाको काम सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० साउन । नेपालको संबिधान २०७२ ले गरेको व्यवस्था अनुसार म्याग्दीमा स्थानीय तह पुनसंरचनाको कार्य सुरु भएको छ । स्थानीय तहको संख्या र सिमाना निर्धारण गर्न बनेको आयोगले गरेको प्रस्ताव अनुसार जिल्ला स्तरमा गठित स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिले काम थालेको हो । स्थानीय विकास अधिकारीको संयोजकत्वमा गठित समितिले सोमबार […]
बन्दका कारण जनजिवन प्रभावित
विकल्प न्यूज/बेनी म्याग्दी,साउन १० गते । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले सोमबार आव्हान गरेको नेपाल बन्दका कारण जनजिवन प्रभावित बनेको छ । म्याग्दीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन बन्द भएका छन् । काम विशेषले गन्तब्यमा पुग्नुपर्ने सर्वसाधारण पैदल हिड्न बाध्य भएका छन् । साउने सोमबारका दिन शिवालय जाने आउने भक्तजनहरु बन्दका कारण प्रभावित […]
म्याग्दीका किसान भन्छन् ः कृषि कर्जा झन्झटिलो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,साउन ९ गते । भकिम्ली २ मरेकमा व्यवसायिक सुन्तला खेती गर्दै आएका ईन्द्रबहादुर थापाले सहुलियत ब्याजदरको कृषि कर्जाका लागि बेनीमा रहेका बैङ्कका शाखामा दर्जनौ पटक धाउनुभयो तर सो सुबिधा पाउनुभएन् । बैङ्कले उपलब्ध गराउने ६ प्रतिशत ब्याजदरको कृषि कर्जा पाउन प्रक्रिया पुरा गर्न झन्झट लागेपछि थापाले बेनीकै सहकारी संस्थाबाट १६ प्रतिशत ब्याजदरमा […]
मिस्त्रीखोला जलविद्युत आयोजनाको कार्यमा तिव्रता

विकल्प न्यूज,बेनी म्याग्दी,साउन ९ गते । म्याग्दीको नारच्याङमा ४२ मेघावाट क्षमत्ताको मिस्त्रीखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ । रोवष्ट ईनर्जीले निर्माण गर्न लागेको आयोजनाको विद्युतगृह रहने स्थानदेखि बाँधसम्म पुग्ने सडक बनाइसकेको छ । बाँधदेखि सुरुङ रहने स्थानसम्म १८० मिटर दुरीको पहुँचमार्ग निर्माण सुरु भएको हो । आगामी असोज महिनाभित्र सुरुङको प्रवेशबिन्दु रहने ठाउसम्म पुग्ने […]
समाचार प्रभाव ः घार–शिख सडक निर्माण कार्यमा तिब्रता

विकल्प न्यूज/बेनी म्याग्दी,साउन ९ गते । म्याग्दीको पोखरेबगर देखि घार हुदै शिख जोड्ने सडक निर्माण कार्यले तिब्रता पाएको छ । जिविसद्धारा सडक बोर्डको बजेट मार्फत सञ्चालन गरिएको आयोजनाको अनुगमनमा न्युन भौतिक प्रगती भएको विषयमा गत असार दोस्रो साता गरिएको अनुगमन टोलीले सचेत र सञ्चार माध्यमहरुले समाचार प्रकाशन प्रशारण गरेका थिए ।अनुगमन टोलीले सचेत बनाएको र […]
गायक सुमन श्रेष्ठ र क्रिस्टिना ले प्रीतिको फुल फुलाए (भिडियो सहित )

पछिल्लो समयका गित संगीतमा व्यस्त बन्दै आएका गायक हुन् सुमन श्रेष्ठ ( संगम) उनको को नया एल्बम दृश्य २ पनि सार्बजनिक भएको छ । सुमनले यो गित भन्दा पहिला उनले एक नजर, गरिदेउ काम नेताहरु, झ्याई पर्ने सुर, मै प्यरो जस्ता गीत सार्बजनिक गरिसकेका थिए । यसै क्रममा अहिले आएर प्रीतिको फुल फुल्यो बोलको […]
पर्वतमा सांसदको बजेट फर्जी बिलबाट भुक्तानी

अगन्धर तिवारी, पर्वत श्रावण ९, २०७३- हुँदै नभएको आयोजनाको नाममा फर्जी बिल पेस गरी रकम भुक्तानी जिल्ला विकास समितिको अनुगमन टोलीले भुक्तानी भएको आयोजना नै भेटेन थाहा पाएपछि केही रकम भुक्तानी गर्न जिविसले रोक्यो स्वकीय सचिवद्वारा योजना वितरणमा कमजोरी भएको स्वीकार पर्वतका दुई सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको डेढ करोड बजेट हुँदै नभएको आयोजनाको […]
लमसुङको जुकेपानीमा भिषण पहिरो

बिस घर पहिरोको जोखिममा दुई लघुजलविद्युत परियोजना बन्द मुना हुदै लुलाङ, गुर्जा र ढोरपाटन जाने घोरेटो बाटो पहिरोले पुरीयो सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ साउन । म्याग्दीको लुलाङ र मुनामा शनिबार गएको पहिरोले दुई वटा गोठ बगाउनुका साथै दुई लघुजलविद्युत परियोजना बन्द भएका छन् । थप बिस घर पहिरोको जोखिममा परेका छन् । मुना हुदै […]
खोप्रामा चौरीको रगत पिउनेको लर्को (फोटो फिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, ८ साउन । समुद्रि सतहदेखि तिन हजार पाँच सय मिटरको उचाईमा अवस्थित म्याग्दीको शिख गाविसको खोप्रा लेकमा सञ्चालन भएको चौरी गाईको आलो रगत पिउने मेलामा सर्वसाधारणको आकर्षण बढेको छ ।चौरी गाईको आलो रगत पिएमा विभिन्न रोग निको हुनुका साथै शारिरीक स्फुर्ती बढ्ने जनविश्वास छ । चौरीको रगत पिएर परम्परागत बिधिबाट उचार […]
अविनाशको उपचारका लागि कोरियाबाट १ लाख सहयोग

विकल्प न्यूज/बेनी साउन ८ गते । मालिग्रेन्ट क्यान्सरबाट पीडित भएका बेनी नगरपालिका ११ पुलाचौरका अविनाश बानियाँको उपचारका लागि दक्षिण कोरियामा संकलन भएको एक लाख शुक्रबार काठमाण्डौमा एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना कोरिया) ले सुरु गरेको आर्थिक संकलन अभियान अन्र्तरगत संकलन भएको रकम बसन्त बानियाँ मार्फत डिजिटल साक्षरता अभियान्ता […]