अविनाशको उपचारका लागि कोरियाबाट १ लाख सहयोग

विकल्प न्यूज/बेनी
साउन ८ गते ।
मालिग्रेन्ट क्यान्सरबाट पीडित भएका बेनी नगरपालिका ११ पुलाचौरका अविनाश बानियाँको उपचारका लागि दक्षिण कोरियामा संकलन भएको एक लाख शुक्रबार काठमाण्डौमा एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना कोरिया) ले सुरु गरेको आर्थिक संकलन अभियान अन्र्तरगत संकलन भएको रकम बसन्त बानियाँ मार्फत डिजिटल साक्षरता अभियान्ता महावीर पुनले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष एवम् अभियानका संयोजक हरिकृष्ण गौतमलाई हस्तान्तण गर्नुभएको थियो ।13661838_10153921485156859_1818011465124971026_oठमेलस्थीत नेपाल कनेक्सन क्याफेमा भएको कार्यक्रममा मानवीय कार्यमा शान्ति कोष मार्फत भएको कार्यक्रमले मानवीय सहकार्यलाई बलियो बनाएको बताइएको थियो ।
कार्यक्रममा म्यागसेसे पुरस्कार विजेता समेत रहेका पुनले जिल्लामा भइरहेका गतिविधि प्रति जानकार रहेको बताउँदै नेपालीलाई आर्थिक रुपमै बलियो बनाउन आफुँले सुरु गरेको अभियानमा समेत गर्न अनुरोध गर्नुभएको थियो ।

उहाँले राज्यको मुख ताकेर बस्ने प्रवृत्ती र राज्यको उपेक्षाले धेरै काम ओझेल र ढिलासुस्ती हुने स्मरण गराउँदै नेपालीको सहकार्यमा आवीस्कार केन्द्र स्थापनाको अभियानमा जुटेको बताउनुभयो । त्यस्तै कार्यक्रममा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले अभियानका संस्थागत र ब्यक्तिगत सहयोगको पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । मोना कोरियाका अध्यक्ष लोक बहादुर बानियाँ आलोकको संयोजकत्वमा भइरहेको आर्थिक संकलन अभियान जारी छ । १९ बर्षिय बानियाँको उपचारका लागि स्वदेश तथा विदेशमा सहयोग संकलन भइरहेको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचारर्थ बानियाँको सुधार भइरहेको छ । आर्थिक अवस्था कमजोर रहेको बानियाँको उपचारमा करिव १० लाख लाग्ने भएकाले पनि अभियान सुरु गरिएको थियो ।