विकल्प न्यूज/बेनी
म्याग्दी,साउन १० गते ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले सोमबार आव्हान गरेको नेपाल बन्दका कारण जनजिवन प्रभावित बनेको छ ।
म्याग्दीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन बन्द भएका छन् । काम विशेषले गन्तब्यमा पुग्नुपर्ने सर्वसाधारण पैदल हिड्न बाध्य भएका छन् । साउने सोमबारका दिन शिवालय जाने आउने भक्तजनहरु बन्दका कारण प्रभावित भएका छन् । सदरमुकाम बेनीका पसल र ब्यवसायहरु बन्द भएका छन् । सडक सुनसान बनेको छ ।देशका विभिन्न ठाउँमा सुकुम्बासीहरुलाई बिना विकल्प बस्दै आएको ठाउँबाट हटाएको र उनिहरुलाई दुःख दिएको भन्दै त्यस्तो कदम फिर्ता लिन माग गर्दै बन्द आव्हान गरेको नेकपा माओवादीका नेताहरुले बताएका छन् । उनिहरुले सुकम्बासी समस्या समाधान गर्न माग गरेका छन् ।