ताजा समाचार:
Search

गलेश्वरमा एकै दिन एक लाख ८२ हजार रुपैयाँ भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ११ साउन ।
बेनी नगरपालिका ९ मा रहेको गलेश्वर मन्दिरमा एकै दिन एक लाख असी हजार रुपैया भन्दा बढी भेटि संकलन भएको छ ।

साउन महिनाको दोस्रो सोमबार (हिजो) गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनबाट एक लाख ८२ हजार ३२२ रुपैया भेटिक संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

नेपाल बन्दको बावजुद पनि करिब पन्ध्रहजार जना भक्तजनले दोस्रो सोमबार मन्दिरमा दर्शन र पुजाआजा गरेको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार पहिलो हप्ता एक लाख ९५ हजार ३९५ रुपैया भेटि संकलन भएको थियो ।Galashower Bhati 2कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलीएको चट्टानमाथि रहेको गलेश्वरमा साउन महिनाको प्रत्येक सोमबार, बालाचर्तुदशी र शिवरात्रीमा बिशेष मेला लाग्ने गर्छ । हिन्दू धर्म ग्रन्थहरुमा सतिदेवीको गला पतन भएकाले गलेश्वर नाम रहन गएको उल्लेख छ् । गलेश्वरको दर्शन र पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ ।