ताजा समाचार:
Search

मिस्त्रीखोला जलविद्युत आयोजनाको कार्यमा तिव्रता

विकल्प न्यूज,बेनी
म्याग्दी,साउन ९ गते ।
म्याग्दीको नारच्याङमा ४२ मेघावाट क्षमत्ताको मिस्त्रीखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ ।

रोवष्ट ईनर्जीले निर्माण गर्न लागेको आयोजनाको विद्युतगृह रहने स्थानदेखि बाँधसम्म पुग्ने सडक बनाइसकेको छ । बाँधदेखि सुरुङ रहने स्थानसम्म १८० मिटर दुरीको पहुँचमार्ग निर्माण सुरु भएको हो ।

आगामी असोज महिनाभित्र सुरुङको प्रवेशबिन्दु रहने ठाउसम्म पुग्ने पहुचमार्ग निर्माण गरिसक्ने लक्ष्य रहेको छ । हिउँद लागेपछि सुरुङ, बाँध र विद्युतगृह लगायत सिभिल निर्माणको काम सुरु गर्न तयारी भएको आयोजनाको परामर्शदाता कम्पनीका प्रतिनिधि चुडामणी निरौलाले बताउनुभयो ।DSC00569उहाँका अनुसार हालसम्म पहुँचमार्गको बिस मिटर सुरुङ निर्माण सकिएको छ । पाँच अर्ब ६० करोड रुपैया लागत अनुमान गरिएको आयोजनाको विद्युतगृह रहने नारच्याङ बेशीदेखि निलगिरी र घलेम्दी खोलाको दोभानमा रहेने बाँधसम्म ९ किलोमिटर सडक र तिन वटा बेलीब्रिज निर्माण भैसकेको छ । आयोजनाको सुरुङ २.३ किलोमिटर रहने जनाइएको छ ।

यसैगरी नेपाल ईन्भेष्टमेन्ट बैङ्कबाट ७० करोड, जलविद्युत विकास कम्पनीबाट एक अरब, नेपाल बैंकबाट ५० करोड, नविल बैंकबाट एक अरब, लक्ष्मी बैंकबाट ४० करोड, सिद्धार्थ बैंकबाट ३० करोड र एस डेभलभमेन्ट बैंकबाट ३० करोड ऋण लगानीका लागि सम्झौता भएको छ ।

विद्युत प्राधिकरणले दाना सब स्टेशन निर्माणका लागि ठेक्का सम्झौता गरिसकेकाले आयोजनाको पनि सुरुङमार्ग निर्माण सुरु गर्ने तयारी भएको आयोजनाका प्रबन्ध निर्देशक डोलराज शर्माले बताउनुभयो । ३१ महिनामा सब स्टेशन निर्माण सम्पन्न गर्ने विद्युत प्राधिकरणको लक्ष्य रहेकाले आयोजनाको काम पनि संगै सम्पन्न गर्नेगरी काम अघि बढाइएको छ ।
सबस्टेशन निर्माणमा ढिलाई हुदा वि.स २०६४ मा निर्माणको अनुमती पाएको आयोजनाको कामले आठ वर्षपछि तिब्रता पाएको हो । कालीगण्डकी करिडोर अन्तरगतको २२० केभी प्रशारण लाईनको विद्युत सबस्टेशन निर्माणका लागि ठेक्का सम्झौता गरेपछि मिस्त्री लगायत आयोजनाको कामले तिब्रता पाएको छ ।