ताजा समाचार:
Search

पहिरो खस्दा पर्वत बेनीमा एक मृत्यु

विकल्प न्यूज/बेनी
साउन १२ गते ।
पर्वत बेनीमा पहिरो खस्दा एकजनाको मृत्यु भएको छ । अबिरल वर्षा सँगै मगंलबार राति पाखोबाट ढिस्को खस्दा पर्वतको माझफाँट–३ मा एक जनाको ज्यान गएको हो । ८ जना घाइते भएका छन् ।13659039_1634493926864707_6607986356509612139_n

मंगलबार राती १ बजे ५० मिटरमाथिबाट झरेको पहिरोले माझफाँट–३ मा सञ्चालित धवलागिरी कपास उद्योगमा बस्ने १२ वर्षकी अंकिता तामांग थापाको ज्यान गएको हो ।13681029_1150398234998479_5348913040184424134_n

पहिरोले पुरिएर घाइते भएकी अंकिताको उद्धार गरी उपचारका लागि मणिपाल अस्पताल पोखरा लैजाने क्रममा गर्दा बाटैमानै ज्यान गएको प्रहरीले जनाएको छ । कपास उद्योगको केही भागमा पहिरोले क्षति पुगेको छ ।13775627_1150397791665190_8555001977486962760_n

घाइते मध्ये ७ जना म्याग्दी जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्किसकेका छन् भने बायाँ खुट्टामा गम्भीर चोट लागेका ३२ वर्षका सुवास थापाको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 13681029_1150398234998479_5348913040184424134_n 13775627_1150397791665190_8555001977486962760_n 13659039_1634493926864707_6607986356509612139_nतस्विर प्रकाश पौडेल फेसबुक