ताजा समाचार:
Search

पर्वत बेनीमा पहिरो खस्दा एकको मृत्यु, पाँच जना घाईते

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १२ साउन ।
पहिरोमा पुरिएर पर्वतको मल्लाज माझफाँट गाविस ३ स्थित पर्वत बेनीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

म्याग्दी बेनी हुदै पर्वतको मल्लाज जाने पदमार्गको प्रवेशद्धार नजिकै रहेको धौलागिरी कपास उद्योग माथिको भिरबाट पहिरो खस्दा पुरीएर घाइते भएकी ११ वर्षिया अंकिता तामाङको उपचारका लागि पोखरा लैजादै गर्दा बाटोमै मृत्यु भएको पर्वत बेनी प्रहरी चौकीले जनाएको छ ।13659039_1634493926864707_6607986356509612139_nपहिरोमा परेर घाईते भएका २० वर्षिय प्रेम तामाङ, १२ वर्षिया सृष्टि घले, १२ वर्षिय अजय तामाङ, १६ वर्षिय सुस्मीता तामाङ र ३५ वर्षिय सुवास थापाको म्याग्दी जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरी सहायक निरिक्षक धु्रबबहादुर बोहोराले जानकारी दिनुभयो । 13681029_1150398234998479_5348913040184424134_nमंगलबार राती १२.३० बजेको समयमा पहिरो खस्दा उद्योगमा सुतीरहेका उनिहरुको भागाभाग भएको थियो । त्यहाँ रहेका चार जना भने सकुशल रहेका छन् । घाईतेको प्रहरीका साथै पर्वत बेनी र बेनीको कालीपुल क्षेत्रका बासिन्दाहरुले उद्धार गरेर अस्पतालमा पु¥याएका थिए । 13775627_1150397791665190_8555001977486962760_nपहिरोले पुराना कपडालाई प्रयोग गरेर सिरक, डसना लगायत बनाउदै आएको उद्योगमा रहेका सबै औजार, उपकरण र कच्चा पदार्थ नष्ट भएको छ । करिब १५ लाख रुपैयाको क्षत्ती भएको प्रारम्भिक अनुमान छ । बेनीको कालीपुल हुदै मल्लाज जाने पदमार्ग पहिरोका कारण अवरुद्ध भएको छ ।