समाचार
म्याग्दीमा व्यापारको शैली फेरिँदै

सन्तोष गौतम/विकल्प न्यूज भदौ ७ गते । म्याग्दीका व्यवसायीहरुले निजी सवारी साधनमा लगानी बढाउन थालेका छन् । ब्यापारीहरुले सामान ढुवानी र होटल व्यवसायीले पाहँुनाको सुबिधाका लागि गाडी खरिद गर्न थालेका हुन् । ग्रामिण बस्तीहरुमा सडक विस्तार हुन थालेपछि बढेको प्रतिस्पर्धासंगै कुनै समय खच्चरबाट सामान ढुवानी गर्ने ब्यापारीले अहिले गाडीबाट उपभोक्ताको घरदैलोमा सामान पु¥याउन थालेका हुन् […]
बेगका बासिन्दा परम्परागत संस्कृति जोगाउँदै

सन्तोष गौतम/विकल्प न्यूज भदौ ७ गते । म्याग्दीको बेगका बासिन्दाहरु परम्परागत कला र संस्कृतिको संरक्षणमा अग्रसर भएका छन् । बेग गाउँको मुख्य सांस्कृतिक पहिचान मानिने मादले, मारुनी नाच र ठाडो भाका संरक्षणमा स्थानीयबासी अग्रसर भएका हुन् । परम्परागत कला र संस्कृतिलाई लोप हुन नदिन बेगका बृद्धबृढाहरुले युवायुवतीलाई पुख्यौली नाच र ठाडो भाका सिकाउन थालेका छन् […]
बेनीमा दोस्रो एभरग्रिन कप फुटबल प्रतियोगिता सुरु
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ भदौ । बेनीमा मंगलबारदेखि दोस्रो एभरग्रिन कप सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । बेनीका एभरग्रिन युथ कल्बले आयोजना गरेको प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका छन् । भदौ ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश ५१ हजार १११ र २८ […]
गर्भपतनले स्वास्थ्यमा जोखिम

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,भदौ ७ गते । साउन अन्तिम हप्ता बेनी स्थित जिल्ला अस्पतालमा एक दम्पती तनाव लिएर पाइपुगे । दुई सन्तानका अभिभावक बनिसकेका करिब तिस वर्षका यो जोडीको तनावको कारण थियो, अनिच्छित गर्भ । उनिहरु परिवार नियोजनको साधन प्रयोग नगरेका कारण रहन गएको गर्भलाई पतन गराउन अस्पताल पुगेका थिए । यो जोडी त उदाहरणमात्रै […]
म्याग्दीमा ठेकेदारले श्रमिकलाई अठार लाख ठग्दा पनि कारवाही भएन किन ?

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ भदौ । म्याग्दीका एक जना निर्माण ब्यवसायीले करिब अठार लाख रुपियाँ ठगी गरेको भन्दै प्रशासनमा उजुरी परेको छ । मौवाफाँट–दग्नाम–चिमखोला सडक आयोजनाको दवाङ भिरमा सडक निर्माणको काम गरेका निर्माण ब्यवसायी लोकबहादुर मल्ल र उनका सुपरभाईजर तारा पुनले ज्याला माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै मजदुरहरुले सुरक्षाको माग गर्दै प्रशासनमा उजुरी […]
कार दुर्घटनामा पाँच जना घाईते
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ भदौ । म्याग्दीको बाबियाचौर ५ लाम्पाटामा सोमबार दिउँसो कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बेनीबाट दरवाङतर्फ जाँदै गरेको बा १५ च ३८६९ नम्बरको निजी कार सडकदेखि करिब एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक दरवाङ ३ का ३१ वर्षिय तेजेन्द्र जुक्जाली, अर्मन […]
माईका मन्दिरहरु किन गाउँको बीचमा बनाइदैनन् !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज भदौ ६ गते । पुलस्त्य–पुलह ऋषिद्वयको आश्रमलाई “पुला” भनियो । तिनताका अवश्य अहिलेजस्तो बाक्लो बस्ती थिएन । जनसंख्या बढदै गयो, पुलाको गाउँ पनि विस्तारित हुदै गयो । वारी पारीका मानिसहरुले पुला भनेर चिन्ने क्षेत्र अहिलेसम्म पनि निकै ठूलो छ । मल्लाज, ज्यामरुककोट, कुहुँ, वरांजा, भकिम्ली वा राखुतिरका मानिसहरुले वाखेत, घतान, पुला, सिंगा, […]
रुट कायम नभएका सडकमा सार्वजनिक सवारी चलाउन रोक

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ भदौ । म्याग्दीमा स्थानीय प्रशासनले रुट कायम नभएका सडकमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालयले रुट कायम नभएका सडकमा सवारी सञ्चालन नगर्न निर्देशन दिएपछि सोमबारदेखि म्याग्दीको बेनी–जोमसोम बाहेकका सडकमा सार्वजनिक यातायात सेवा बन्द भएको छ । यातायात ब्यवस्था कार्यालयले म्याग्दीमा बेनी–जोमसोम बाहेकको सडकमा सवारी […]
बरंजामा माओवादीको एकता भेला
विकल्प न्यूज/बेनी भदौ ५ गते । नेकपा माओवादी केन्द्र बरंजा गाउँपालिकाको एकता भेला सम्पन्न भएको छ । भेलाले ओमबहादुर रोका (रवी)को अध्यक्षतामा ५१ सदस्य गाउँपालिका आयोजक समिति गठन गरेको छ । एकृकीत नेकपा माओवादी र रामबहादुर थापा बादल नेतृत्वको नेकपा–माओवादीको एकतापछि बरंजामा पनि दुई पार्टी वीच एकता भएको हो । नेकपा–माओवादीका राज्य समिति सदस्य ओमबहादुर […]
जनै पूर्णीमा मेलामा करिब साढे चार लाख भेटी संकलन

विकल्प न्यूज/बेनी भदौ ५ गते । जनै पूर्णीमा पर्वको अवसरमा म्याग्दीको नांगी र खयर भारानीमा करिब साढे चार लाख रुपैयाँ भेटी संकलन भएको छ । राम्चे गाविसको १ र २ नम्बर वडामा पर्ने नांगी बाराही र शिख गाविसको पाउद्धारमा पर्ने खयर भारानीको दर्शन र पुजाआजा गर्न पुगेका भक्तजनहरुले चार लाख ४५ हजार रुपैयाँ भेटी चढाएका […]
रत्नेचौरमा प्रहरी बिट स्थापना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ भदौ । म्याग्दी र बागलुङको सिमा क्षेत्रमा पर्ने बेनी नगरपालिका १ रत्नेचौरमा आईतबार प्रहरी बिट स्थापना भएको छ । शान्ति सुरक्षामा समुदायको सहज पहुँच स्थापित गरी अपराध, विकृती, दुब्र्यसनी र दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको हो । बिटको धौलागिरी अञ्चल प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक छवीलाल जोशी बञ्जाडेले […]
वेष्ट पोईन्टमा कुमारी जात्रा र भोटो जात्रा (फोटो)

विकल्प न्यूज/बेनी भदौ ५ गते । न्यु वेष्ट पोइन्ट आबासिय उच्चमाविका विद्यार्थीहरुले सांस्कृतिक भेषभुषा प्रदर्शनी गरेका छन् । सामाजिक शिक्षा अन्तर्गत भेषभुषा र संस्कृतिलाई ब्यबहरागत प्रक्रियाबाट सिक्न र सिकाउन विद्यालयले हरेक वर्ष शैक्षिक क्यालेन्डर अनुसार यस्तो कार्यक्रम आयोजना गर्दै आइरहेको विद्यालयले जनाएको छ । शिक्षालाई जिबन संग जोड्दै गर्दै लैजानु पर्छ भन्ने उद्धेस्यले गरिने यस्ता […]
सिङगामा युवा क्लबले सुरु ग¥यो सडक मर्मत

विकल्प न्यूज/बेनी भदौ ५ गते । बेनी नगरपालिका १३ र १४ मा स्थापित जनचेतना युवा क्लब सिंगाले सामाजिक दायित्व पुरा गर्नका लागि विभिन्न सामाजिक कार्यहरु गर्न सुरु गरेको छ । जस अन्तर्गत शनिबार बेनी–दरबाङ सडक खण्डको सिंगामा उक्त क्लबले बाटो मर्मत गर्ने गरेको हो । बाटोमा पहिरो आई विभिन्न ठाउँमा साँघुरो हुँदा गाडीलाई समस्या रहेकोमा […]
देउराली सहकारीको साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी म्याग्दी ४ भदौ । म्याग्दीको झिँमा रहेको देउराली महिला बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्रीमाया शेरपुञ्जाको अध्यक्षता, गौरी गर्बुजाको सञ्चालन र स्थानीय अगुवा कृष्णबहादुर थजालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रामकुमारी थजालीले स्वागत गर्नुभएको थियो । साधारणसभामा सचिव टिना पाईजाले प्रगति, कोषाध्यक्ष डिलु पुर्जाले […]