ताजा समाचार:
Search

बरंजामा माओवादीको एकता भेला

विकल्प न्यूज/बेनी
भदौ ५ गते ।
नेकपा माओवादी केन्द्र बरंजा गाउँपालिकाको एकता भेला सम्पन्न भएको छ । भेलाले ओमबहादुर रोका (रवी)को अध्यक्षतामा ५१ सदस्य गाउँपालिका आयोजक समिति गठन गरेको छ ।
एकृकीत नेकपा माओवादी र रामबहादुर थापा बादल नेतृत्वको नेकपा–माओवादीको एकतापछि बरंजामा पनि दुई पार्टी वीच एकता भएको हो । नेकपा–माओवादीका राज्य समिति सदस्य ओमबहादुर रोका र महिला संगठनकी जिल्ला सचिव सुकमाया रोका सहित १५ जना सदस्य एकता प्रक्रियामा आएका छन् ।Baranjaटिका रोका, तुल्सी रोका, बलबहादुर फगामी, विष्णु पुन, प्रेम चोचाङ्गे, हरिमाया पुन, मनमाया चोचाङ्ग, उमेश विक, नरबहादुर थापा, कल्पना सापकोटा, यशोदा रोका र दिलमाया रोका लगायत प्रक्रियामा सहभागि भएका हुन् ।

वि.स २०६९ मा माओवादी पार्टीमा आएको बिभाजनपछि मोहन बैद्य नेतृत्वको माओवादीमा आवद्ध भएका उनिहरु पुनः माओवादी केन्द्रमा फर्कीएका हुन् । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला संयोजक गोविन्द पौडेलले पार्टी एकताले कार्यकर्तामा उत्साह छाएको भन्दै माओवादी पुरानै स्वरुपमा फर्कीने बताउनुभयो ।

“देश हाम्रै पाटीएको एजेन्डामा चलेको छ, अब आगामी तीन वटै निर्वाचनमा माओवादीलाई पुनः देशको ठूलो पार्टी बनाउन कसैले रोक्न सक्दैन्” पौडेलले भन्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य शेरबहादुर केसी, कमल केसी र सल्लाहकार कृष्णलाल सापकोटाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।