ताजा समाचार:
Search

बेनीमा दोस्रो एभरग्रिन कप फुटबल प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ७ भदौ ।
बेनीमा मंगलबारदेखि दोस्रो एभरग्रिन कप सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।

बेनीका एभरग्रिन युथ कल्बले आयोजना गरेको प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका छन् । भदौ ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश ५१ हजार १११ र २८ हजार ८८८ रुपैयाँ नगद पुरस्कार हात पार्ने छन् ।DSC03267प्रतियोगिताको म्याग्दीका प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले उद्घाटन गर्नुभएको थियो । उद्घाटन खेलमा पिपलबोट गाईज पर्वत बेनीलाई आयोजकको बि टिमले एक का बिरुद्ध तीन गोल गर्दै पराजीत गरेको थियो ।

कल्बका अध्यक्ष सोभन श्रेष्ठको अध्यक्षता, धनबहादुर घर्तीमगरको सञ्चालन र विश्वास श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।