ताजा समाचार:
Search

म्याग्दीमा ठेकेदारले श्रमिकलाई अठार लाख ठग्दा पनि कारवाही भएन किन ?

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ भदौ ।
म्याग्दीका एक जना निर्माण ब्यवसायीले करिब अठार लाख रुपियाँ ठगी गरेको भन्दै प्रशासनमा उजुरी परेको छ ।

मौवाफाँट–दग्नाम–चिमखोला सडक आयोजनाको दवाङ भिरमा सडक निर्माणको काम गरेका निर्माण ब्यवसायी लोकबहादुर मल्ल र उनका सुपरभाईजर तारा पुनले ज्याला माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै मजदुरहरुले सुरक्षाको माग गर्दै प्रशासनमा उजुरी दर्ता गराएका छन् ।
दग्नामका छबहादुर गर्बुजा, फेसन तिजीजा, धकबहादुर गर्बुजा, देबि गर्बुजा, अबतार गर्बुजा, पिप्लेका सुरज भण्डारी, मल्कवाङका नन्दबहादुर छन्त्याल, बेनपा ७ की नरदेवी शेरचन र कास्की ल्वाङ घलेलका शंकर क्षेत्रीले आईतबार प्रशासनमा दर्ता गराएको निवेदनमा ठेकेदारद्धयले १७ लाख ९९ हजार ५० रुपैयाँ ठगी गरेको उल्लेख छ ।

आयोजनाको काम सकिएको डेढ महिनासम्म पनि ठेकेदारले ज्याला, निर्माण सामाग्री र ईन्धन ढुवानी, कम्प्रेसर मेसीनको भाडा वापतको रकम नदिएको पीडितहरुले बताएका छन् । जिविसले प्रदिप सापकोटा सञ्चालक रहेको रामकृष्ण कन्ट्रक्सनसंग ३६ लाख ३२ हजार ९१० रुपैयाँमा सम्झौता गरेको उक्त योजनाको काम गर्ने जिम्मेवारी लिएका मल्लले पुनलाई सुपरभाईजरको रुपमा खटाएका थिए ।Dagnam Bhir Road Yojona 3

पाँच महिनासम्म काम गरेको एक रुपैयाँ पनि ज्याला नपाएको बताउँदै सुपरभाईजर पुनले मजदुरहरुलाई ज्याला दिन नसक्दा आफू पनि अप्ठ्यारोमा परेको गुनासो गर्नुभयो । पुनका अनुसार मल्लले कामदार लाई ज्याला र ढुवानी भाडा वापत चार लाख रुपैयाँ दिन बाँकी छ । मासिक दुई लाख असी हजार रुपैयाँ तिर्ने मौखीक सहमतीमा कास्कीको फेवा कन्ट्रक्सनको कम्प्रेसर मेसीन भाडामा ल्याएका थिए ।DSC03202

कम्प्रेसर मेसीनको सहयाताले दुई हजार ३२७.८९ घनमिटर पहाड फुटाएका ब्यवसायी मल्लले सो मेसीनको भाडा पनि तिरेका छैनन् । यसैगरी ४९८.७३ घनमिटर माटो कटान गरिएको छ । जिविसले कम्पनीलाई सम्झौता अनुसारको सबै रकम भुक्तानी गरिसकेको जनाएको छ ।

ब्यवसायी मल्लले केही मजदुरको ज्याला दिन बाँकी रहेको स्विकार गरेपनि दिने, नदिने विषयमा प्रतिक्रिया दिन मान्नुभएन् । सापकोटाले सो ठेक्काको कारोबारको सबै अधिकार लोकबहादुर मल्ललाई दिएको र पैसा पनि उनलेनै बुझेको दावी गर्नुभयो । सापकोटा र मल्लको पुरानो लेनदेन बिवादको कारणले आयोजनाका मजदुरले ज्याला नपाएको बताइएको छ ।DSC03203

प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले काम गरेबापतको ज्याला र मेसिनको पैसा नपाएको भन्दै लिखित गुनासो आएको र उक्त बिषयका सम्बन्धमा दुबै पक्षलाई राखेर छलफल गर्ने बताउनुभयो । यसैबीच दवाङ भिरमा सडक निर्माण गर्न गत आर्थिक वर्षमा जिविसले उपभोक्ता समितिसंग श्रमदानसहित थप १५ लाख रुपैयाँको योजना सम्झौता गरेपनि काम हुन नसकेपछि आधा भन्दा बढी बजेट फ्रिज भएको छ ।

उपभोक्ता समितिले एक हजार २६९.६८ घनमिटर पहाड कटिङ गरेर सडक ट्याक बनाउने सम्झौता भएकोमा ४९९.१३ घनमिटर मात्र काम भएको जिविसका प्राबिधिक कमल चोखालले बताउनुभयो । उपभोक्ता समितिको लापरबाही र ढिलासुस्तीका कारण आठ लाख ६७ हजार ६३ रुपैया फिर्ता भएको हो ।