देउराली सहकारीको साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी
म्याग्दी ४ भदौ ।
म्याग्दीको झिँमा रहेको देउराली महिला बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष श्रीमाया शेरपुञ्जाको अध्यक्षता, गौरी गर्बुजाको सञ्चालन र स्थानीय अगुवा कृष्णबहादुर थजालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रामकुमारी थजालीले स्वागत गर्नुभएको थियो ।bikalpa news

साधारणसभामा सचिव टिना पाईजाले प्रगति, कोषाध्यक्ष डिलु पुर्जाले आर्थिक र रिती थजालीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ३५८ जना सेयर सदस्य रहेको संस्थाले गत आर्थिक वर्ष २०७२/७३ मा ६६ लाख ४३ हजार रुपैयाको कारोबार गरेको छ । १४ लाख ५३ हजार ३०० रुपैया सेयर रकम रहेको संस्थाले ४३ लाख ५३ हजार ४५० रुपैया ऋण लगानी र ३६ लाख ३६ हजार ६५० रुपैया निक्षेप संकलन गरेको छ ।

कार्यक्रममा झिँको महेन्द्र मावि व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पाइजा, साहरा महिला सञ्जालका अध्यक्ष लक्ष्मी शेरपुञ्जा, सम्झौता युवा महिला समूह झिँका अध्यक्ष भरदेवी शेरपुञ्जा, सक्रिय युवा महिला समूह पात्लेखेतका अध्यक्ष देउमाया राम्जाली, रघुगंगा बहुउद्देश्यिय सहकारी पाखापानीका सदस्य डिलकुमारी चोचाङ्गी र सेयर सदस्य रुपा घतानेले मन्तब्य व्यक्त गर्नुभएको थियो ।