सिङगामा युवा क्लबले सुरु ग¥यो सडक मर्मत

विकल्प न्यूज/बेनी
भदौ ५ गते ।
बेनी नगरपालिका १३ र १४ मा स्थापित जनचेतना युवा क्लब सिंगाले सामाजिक दायित्व पुरा गर्नका लागि विभिन्न सामाजिक कार्यहरु गर्न सुरु गरेको छ । जस अन्तर्गत शनिबार बेनी–दरबाङ सडक खण्डको सिंगामा उक्त क्लबले बाटो मर्मत गर्ने गरेको हो ।
बाटोमा पहिरो आई विभिन्न ठाउँमा साँघुरो हुँदा गाडीलाई समस्या रहेकोमा त्यस्तो पहिरोलाई हटाएर बाटो फराकिलो पारिएको हो । उक्त सडक खण्डको दुई ठाउँमा बाटो मर्मत गरेर गाडीलाई सहज हिड्ने बाटो निर्माण गरेको क्लबका अध्यक्ष भगवान खड्काले जानकारी दिनुभयो । सिंगास्थित राधिकुलो र पौडेलचोकनिर खसेको पहिरोलाई हटाएर करिब ५ हजार बराबरको जनश्रमदान गरेको क्लबका सल्लाहकार डिल्लिराज पौडेलले बताउनुभयो । IMG_9127निकट भविष्यमा सामाजिक कामकोसाथमा जनचेतनामूलक अभियान सञ्चालन गरिने क्लबका अध्यक्ष खड्काले बताउनुभयो । उहाँले भन्नुभयो खेलकुद क्षेत्रकोसाथै सामाजिक जनसरोकारका काममा अग्रसरता हुने हाम्रो योजना रहेको छ । यसैबिच क्लबले जन्मभूमि सिंगा भएर रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा रहेका व्यक्तिहरुसँग एक समन्वय समितिको संयोजक तोकेको छ ।
जसअनुसार अमेरिकामा मिलन बुढाथोकी, कोरियामा बोजिन्द्र तुलाचन, जापानमा दिपक खड्का, अष्ट्रेलियामा राजेन्द्र खड्का, न्यूजिल्याण्डमा लाल बहादुर केसी, पोर्चुगलमा किसन बानियाँ, यूकेमा लोकराज पौडेल, अष्ट्रियामा प्रेम खड्का, फ्रान्समा विक्रम भण्डारी, इटलीमा ध्रुव बानियाँ, स्पेनमा मुक्ति पौडेल, स्विडेनमा रिना बानियाँ, बेल्जियममा पोषनाथ शर्मा, स्विट्जरल्याण्डमा निराजन श्रेष्ठ, आयरल्याण्डमा इन्द्र पौडेल, जर्मनमा ध्रुव गौचन, क्यानडामा टंकनाथ पौडेल, कतारमा प्रेम रसाईली, साउदीमा डेञ्जन बानियाँ, मलेसियामा दिपक केसी, बहराईनमा विष्णु रोका, दुवैमा मन बहादुर भण्डारी र भारतमा खड्क केसीलाई संयोजक तोकिएको क्लबका सचिव कमल बानियाँले जानकारी दिनुभएको छ ।