ताजा समाचार:
Search

कार दुर्घटनामा पाँच जना घाईते

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ भदौ ।
म्याग्दीको बाबियाचौर ५ लाम्पाटामा सोमबार दिउँसो कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

बेनीबाट दरवाङतर्फ जाँदै गरेको बा १५ च ३८६९ नम्बरको निजी कार सडकदेखि करिब एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक दरवाङ ३ का ३१ वर्षिय तेजेन्द्र जुक्जाली, अर्मन २ की ५५ वर्षिया जगमती किसान, १९ वर्षिया सिर्जना किसान, पर्वत मल्लाज घर भई अर्मन २ बस्ने ६ वर्षिया रेखा किसान र रुम ९ की १६ वर्षिया मुस्कान रोका घाइते भएको प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताउनुभयो ।DSC03239

घाईतेहरुलाई स्थानीयबासी, प्रहरी र यातायात व्यवसायीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि बेनी स्थित जिल्ला अस्पतालमा ल्याइएको छ । रोका बाहेक अरु सबै घाइते बोल्न नसक्ने अवस्थामा छन् । लाम्पाटाको पहिरो नजिकै कार फर्काउने क्रममा दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक गुरुले बताउनुभयो ।