समाचार

वैशाख अन्तिम साता चुनाव हुने प्रधानमन्त्रीकाे दावी

फलेवास (पर्वत), माघ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख अन्तिम साता स्थानीय निकायको निर्वाचन हुने दाबी गर्नुभएको छ । पाँचौ पर्वत महोत्सवलाई बिहीबार सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै उहाँले निर्वाचनसम्बन्धी विधेयक संसद्बाट पारित भइसकेपछि निर्वाचनको मिति घोषणा गर्ने तयारीमा आफू रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले कानुन निर्माण गर्नुप¥यो, त्यसपछि निर्र्वाचनको मिति घोषणा […]

बिमलाई पूर्ण सरसफाई र घरभित्रको घुँवामुक्त गाविस घोषणा

सन्तोष गौतम/विकल्प न्यूज बिम १२ माघ । म्याग्दीको बिमलाई बुधबार पूर्ण सरसफाईयुक्त र घरभित्रको घुँवामुक्त गाविस घोषणा गरिएको छ । जिल्ला विकास समिति अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको सहयोगमा गाउँ स्तरीय सरसफाई, खानेपानी तथा स्वच्छता समन्वय समिति (भिवाससीसी)ले आयोजना गरेको समारोहमा घोषणा गरिएको हो ।  बिममा रहेका ४१६ घरधुरीमा सरसफाईका आधारभुत […]

पाँचौं पर्वत महोत्सवको तयारी पूरा

विशन क्षेत्री/कुश्मा माघ १२ गते । माघ १३ देखि २२ गतेसम्म सञ्चालन हुन गइरहेको पाँचौं पर्वत महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् । बिहीवारदेखि शुरू हुने उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम रहेको छ । जिल्लाको पर्यटकीय क्षेत्रको विकासका लागि हुन लागेको पाँचौं पर्वत महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगेको महोत्सव मूल आयोजक […]

तातोपानी शैक्षिक एवं धार्मीक महोत्सवको तयारी पुरा

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ माघ । बेनी नगरपालिका १३ सिंगा तातोपानीमा बिहीबारदेखि सुरु हुने म्याग्दी बेनी तातोपानी शैक्षिक तथा धार्मीक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी पुरा भएको छ । सात दिन सम्म सञ्चालन हुने महोत्सवको यज्ञ स्थल, प्रवचन स्थल लगायतका पुर्वाधार निर्माण, प्रचारप्रसार, व्यवस्थापन लगायतका तयारी पुरा भएको मुल आयोजक समितिले जनाएको […]

सडकको माटोले बाढीको जोखिम

विकल्प न्यूज/बेनी माघ १२ गते । म्याग्दीको अर्थुङ्गे देखि तोरीपानी जोड्ने सडक क्षेत्रको माटो व्यवस्थापन नहुँदा बाढी र पहिरोको जोखिम बढेको छ । जिविस अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पुर्वाधार निर्माण तथा जिविकोपार्जन कार्यक्रम (ड्रिलीप) र कार्यक्षेत्रमा परिचालीत निर्माण कम्पनी हिमदुङ थोकर नाना जेभीको बिवादका कारण सडक विस्तारका क्रममा निस्कीएको माटो व्यवस्थापन हुन नसकेको हो ।माटो […]

तरकारी खेतीले बनायो आत्मनिर्भर

विकल्प न्यूज/बेनी माघ १२ गते । केही वर्षअघिसम्म पैसा आवश्यक पर्दा श्रीमान, आफन्त र छिमेकीलाई माग्ने म्याग्दीको बाबियाचौर गाविस ८ रणवाङकी हिरा सुवेदीलाई अहिले त्यस्तो समस्या छैन् । व्यवसायिक तरकारी खेतीपछि सुवेदीले आफू र घरपरिवारलाई आवश्यक पर्ने रकम जुटाएर बचत समेत गर्न थाल्नुभएको छ । “दुई चार रुपैया आवश्यक पर्दा समेत श्रीमान, आफन्तलाई माग्न र […]

परम्परागत प्रबिधि….

म्याग्दीको परम्परागत प्रबिधि म्याग्दीको बाबियाचौर गाविसको सिममा परम्परागत प्रबिधिको कोलमा उखु पेल्दै स्थानीय बासिन्दा । तस्विर/सन्तोष गौतम

कृषि बिमा लक्षित वर्गसम्म पुगेन

विकल्प न्यूज/बेनी माघ ११ गते । बाबियाचौर ८ रणवाङकी वुद्धीमाया बिकले विगत ५ वर्षदेखि दुई रोपनी भन्दा बढी क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । तरकारी खेतीलाई मुख्य आयस्रोत बनाएकी विकको बाली बिमा गर्ने इच्छा पुरा हुन सकेको छैन् । “बाली बिमा गरेमा असिना, खडेरी, रोगकिराले सताउँदा क्षतिपुर्ती पाउने सुनेकी छु” विकले भन्नुभयो “कहाँ […]

पुरुण्डीका ४० बालबालिकालाई न्यानो कपडा बितरण

निर्मल खत्री/बेनी माघ ११ गते । बेनी नगरपालिका वडा ११ पुरुण्डीका ४० जना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । नेपाल बिद्याथी संघ म्याग्दीको आयोजनामा दलित बस्ती पुरुण्डीका बालबालिकाहरुलाई कपडा बितरण गरिएको हो । नेपाली कांग्रेस जनसम्पर्क समिति नर्बेको सहयोगमा दलित बस्तीका बिद्यार्थीहरुलाई दुई सेट न्यानो कपडा बितरण गरिएको हो । कपडा बितरण कार्यक्रममा बोल्दै […]

मुटुरोगी बालीकाको उपचारका लागि प्रवासीद्धारा सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी ११ माघ । बेनी नगरपालिका २ अर्जमकी अरुनीमा नेपालीको उपचारका लागि प्रवासीहरुले मंगलबार आर्थिक सहयोग गरेका छन् । आठ वर्षिय नेपालीको मुटुमा परेको प्वालको शल्यक्रियाका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा हङकङमा रहेका म्याग्देलीले असी हजार रुपैया सहयोग गरेका हुन् ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका अध्यक्ष ईन्द्र […]

चर्चा बटुल्दै “ओरालीमा बर”

 विकल्प न्यूज/बेनी माघ ११ गते । “प्रवासमा नेपाली कलाकारहरु एक हौऔं, नेपाली कला, संस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौं” भन्ने मूल नाराका साथ अगाडी बढिरहेको बसन्त फिल्मस् प्रा.लि.ले पन्चेबाजा “ओरालीमा बर” नामक गीति एल्बम युट्युब मार्फत सार्वजनिक गरेको छ ।इस्वी संवत २०१५ सेप्टेम्बर महिनामा कतारमा स्थापना भएको बसन्त फिल्मस् प्रा.लि. बैधानिक रुपमा नेपालमा दर्ता […]

जिल्ला अस्पतालमा औषधि अभाव

घनश्याम खड्का /बेनी माघ ११ गते । सिटामोलसमेत बाहिर किन्नुपर्ने केन्द्र र क्षेत्रीयले नै औषधि ढिला पठाउँछन् ७० मध्ये ३५ प्रकारका औषधि मात्र अस्पतालमा उपलब्ध औषधि भए पनि बिरामीले पाउँदैनन्  बीस रुपैयाँको टिकट काटेपछि बिरामी चिकित्सककहाँ जाँच्न पुग्छन् । डाक्टरले कार्डमा औषधिको ‘प्रेस्क्रिप्सन’ लेखिदिएपछि उनीहरू औषधि लिन जिल्ला अस्पतालको ‘डिस्पेन्सरी’ (औषधि वितरण कक्ष) मा जान्छन् […]

शान्ति समितिको संयोजकमा ढुङ्गाना

विकल्प न्यूज/बेनी माघ ११ गते । स्थानीय शान्ति समिति म्याग्दीको संयोजकमा मुक्तिप्रसाद ढुङ्गाना चयन हुनुभएको छ । आगामी छ महिनाको कार्यकालका लागि मानवअधिकार तथा शान्ति समाजका सभापति समेत रहनुभएका ढुङ्गाना समितिको संयोजकमा चयन हुनुभएको हो ।समितिको नेतृत्व छछ महिनामा परिवर्तन हुने व्यवस्था रहेको छ । यसअघि समितिको संयोजकमा रेखाकौशल रेग्मी हुनुहुन्थ्यो । रेग्मीको पदावधि सकिएपछि […]

दरवाङमा निशूल्क मुटुरोग शिवीर हुने

विकल्प न्यूज/बेनी माघ ११ गते । म्याग्दीको दरवाङमा माघ १७ गते मुटुरोग सम्बन्धि निशूल्क स्वास्थ्य शिवीर सञ्चालन हुने भएको छ । गंगालालय हृदयरोग उपचार केन्द्रको प्राबिधिक सहयोगमा पश्चिम म्याग्दीका सर्वसाधारणलाई स्थानीय स्तरमै उपचार सेवा र मुटुरोग न्युनीकरणका लागि जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले शिवीर आयोजना गर्न लागिएको हो ।शिवीर सञ्चालनका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका […]

दुर्गममा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

सन्तोष गौतम/विकल्प न्यूज माघ ११ गते । म्याग्दीका ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसारका प्राबिधिक जनशक्तीको अभाव भएको छ । स्वास्थ्यकर्मीको कमीले सर्वसाधारण नागरिकहरुले सास्ती भोग्नु परेको छ । तस्विर ः भगवती स्वास्थ्य चौकीमा बिरामीलाई परामर्श दिदै करार दरबन्दिकी स्वास्थ्यकर्मी बिपासा परियार । तस्विर नवविकल्प चार वटा स्वास्थ्य संस्था करार दरबन्दीका स्वास्थ्यकर्मीले धानेका छन […]