पुरुण्डीका ४० बालबालिकालाई न्यानो कपडा बितरण

निर्मल खत्री/बेनी
माघ ११ गते ।
बेनी नगरपालिका वडा ११ पुरुण्डीका ४० जना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । नेपाल बिद्याथी संघ म्याग्दीको आयोजनामा दलित बस्ती पुरुण्डीका बालबालिकाहरुलाई कपडा बितरण गरिएको हो ।
नेपाली कांग्रेस जनसम्पर्क समिति नर्बेको सहयोगमा दलित बस्तीका बिद्यार्थीहरुलाई दुई सेट न्यानो कपडा बितरण गरिएको हो । nsu prg (3)कपडा बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दीका महाधिबेशन प्रतिनिधि एवम नेपाल बिद्यार्थी सघका नेता भरत बहादुर रकालले नेपालको इतिहासमा दलित जनजाति अन्य पिछडिएको बर्गसंर्घषको मुद्धालाई आफ्नो भनेर हेर्ने संगै हरेक वर्गको समस्याको समाधान नेपाली कांग्रेसलेनै नेतृत्व गरेकोले सवैलाई बिपिको बाटोमा हिड्नालेनै नेपाल समृद्ध हुने बताउनु भएको छ ।
अव कुनै पनि दलितले आफुलाई अरु भन्दा कम जातिको भन्ने अवस्था छैन सबै नेपाली भएका छौ कुनै पनि दलितलाई गैरदलित जस्तै हरेक कार्य गर्न सक्षम रहेको बताउनु भयो ।

नेपाल दलित संघ म्याग्दीका जिल्ला सदस्य बाघविर दर्जीको अध्यक्षताम सदस्य टिकाराम दर्जीको स्वागत शिक्षक संघ म्याग्दीका सह सचिव खेमराज शर्माको संञ्चालनमा सम्पन्न कार्यक्रममा नेबिसंघ म्याग्दी बहुमुखी क्याम्पसका सभापति निर्मल खत्री जिल्ला सदस्य बिशाल खत्री,स्थानिय दलित नेताहरुले बोलेका थिए ।