बिमलाई पूर्ण सरसफाई र घरभित्रको घुँवामुक्त गाविस घोषणा

सन्तोष गौतम/विकल्प न्यूज
बिम १२ माघ ।
म्याग्दीको बिमलाई बुधबार पूर्ण सरसफाईयुक्त र घरभित्रको घुँवामुक्त गाविस घोषणा गरिएको छ ।

जिल्ला विकास समिति अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको सहयोगमा गाउँ स्तरीय सरसफाई, खानेपानी तथा स्वच्छता समन्वय समिति (भिवाससीसी)ले आयोजना गरेको समारोहमा घोषणा गरिएको हो ।  IMG_1472बिममा रहेका ४१६ घरधुरीमा सरसफाईका आधारभुत सूचक पुरा गरेको र सबै घरमा सुधारीएको चुल्हो निर्माण भएकाले पूर्ण सरसफाई र घरभित्रको घुँवामुक्त गाविस घोषणा गरिएको भिवाससीसीले जनाएको छ ।

घोषणा कार्यक्रममा सहभागि बिमका बासिन्दाहरुले आगोलाई साक्षी राखेर पक्कि शौचालयको नियमित प्रयोग, साबुनपानीले हात धुने, व्यक्तिगत, घरायसी र सामुदायीक सरसफाई कायम राख्ने लगायतका प्रतिवद्धता जनाएका छन् ।IMG_1467कार्यक्रमका प्रमुख अतिथि स्थानीय विकास अधिकारी प्रेमराज गिरीले दुषित पानी र फोहोरका कारण लाग्ने रोग न्युनीकरणका लागि सरसफाई अभियानलाई प्राथमिकता दिएको बताउनुभयो । सोही कार्यक्रममा जिविसले बिममा सरसफाई प्रर्वद्धन र खानेपानीको पहुँच विस्तारका लागि सत्तरी हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराएको छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर प्रोख्रेल, नेपाली काँग्रेसका जिल्ला सदस्य रेकप्रसाद पुन, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, माओवादी केन्द्रका कमल केसी, राप्रपाका सहअध्यक्ष पहलबहादुर खत्री, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवी विश्वकर्मा र राष्ट्रिय जनमुक्ति पार्टीका नरबहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।IMG_1438

यसैगरी जिविसका वास सल्लाहकार थरेन्द्र पौडेल, जनविकास मावि मराङका स्रोत व्यक्ति कृष्णलाल सापकोटा, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, गाविस सचिव हकहित संरक्षण मञ्चका अध्यक्ष सोमबहादुर केसी, संगम म्याग्दीका हिरा शर्मा, भिवाससीसीका उपसंयोजक सुरमन गर्बुजा र किसानी माविका प्रअ जंगबहादुर गर्बुजाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

बिम गाविसका सचिव मिलन थापाको अध्यक्षता, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका फिल्ड संयोजक प्रगती कार्कीको सञ्चालन र किसानी प्राबिधिक शिक्षालयका संयोजक बेगप्रसाद गर्बुजाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । स्थानीयबासी, शिक्षक र विद्यार्थीहरुको ¥यालीले बिम गाउँ परिक्रमा गरेको थियो ।IMG_1452पूर्ण सरसफाई घोषणा गर्न सययोग गर्ने स्थानीय अगुवाहरुलाई सम्मान गरिएको कार्यक्रममा पुख्यौली नृत्य प्रस्तुती रहेको थियो । यसअघि म्याग्दीको दाना, राम्चे, झि, बेग, हिस्तान गाविस तथा दग्नामको तिन वटा, निस्कोट र घारको एकएक वटा वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको थियो । यसैगरी झिँ, अर्मन, दग्नाम, हिस्तान, बेग, लुलाङ गाविसलाई घरभित्रको धुँवामुक्त क्षेत्र घोषणा गरिएको थियो ।