Search

शान्ति समितिको संयोजकमा ढुङ्गाना

विकल्प न्यूज/बेनी
माघ ११ गते ।

स्थानीय शान्ति समिति म्याग्दीको संयोजकमा मुक्तिप्रसाद ढुङ्गाना चयन हुनुभएको छ । आगामी छ महिनाको कार्यकालका लागि मानवअधिकार तथा शान्ति समाजका सभापति समेत रहनुभएका ढुङ्गाना समितिको संयोजकमा चयन हुनुभएको हो ।mukti dhunganaसमितिको नेतृत्व छछ महिनामा परिवर्तन हुने व्यवस्था रहेको छ । यसअघि समितिको संयोजकमा रेखाकौशल रेग्मी हुनुहुन्थ्यो । रेग्मीको पदावधि सकिएपछि ढुङ्गानालाई समितिको बैठकले ढुङ्गानालाई संयोजकमा चयन गरेको हो ।

जिल्लामा क्रियाशिल राजनितिक दल, मानवअधिकार र अन्य क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधि सहभागि समितिले शान्ति प्रर्वद्धन, द्धन्द्ध पिडितको अभिलेखिकरण र उनिहरुलाई राज्यले प्रदान गर्ने सेवा सुबिधामा सहजिकरण गर्दै आएको छ ।