दरवाङमा निशूल्क मुटुरोग शिवीर हुने

विकल्प न्यूज/बेनी
माघ ११ गते ।
म्याग्दीको दरवाङमा माघ १७ गते मुटुरोग सम्बन्धि निशूल्क स्वास्थ्य शिवीर सञ्चालन हुने भएको छ ।

गंगालालय हृदयरोग उपचार केन्द्रको प्राबिधिक सहयोगमा पश्चिम म्याग्दीका सर्वसाधारणलाई स्थानीय स्तरमै उपचार सेवा र मुटुरोग न्युनीकरणका लागि जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले शिवीर आयोजना गर्न लागिएको हो ।darbang-bazarशिवीर सञ्चालनका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका पुर्व सभापति मुक्ति रोकाको संयोजकत्वमा एक समिति गठन भएको छ । बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर रबी मल्लको नेतृत्वमा आउने चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले मुटु परिक्षण, परामर्श र निशूल्क औषधि वितरण सेवा दिने संयोजक रोकाले बताउनुभयो ।

शिवीरमा पहिचान भएका अप्रेशन गर्नुपर्ने बिरामीलाई शल्यक्रियाको व्यवस्था समेत मिलाइने भएको छ । शिवीरको तयारी तिब्र पारिएको संयोजक रोकाले बताउनुभयो ।