ताजा समाचार:
Search

समाचार

जलजलामा काँग्रेसका स्वतन्त्र उम्मेदवार आचार्यका कारण कसलाई पर्ला असर ?

विकल्प न्यूज/बेनी बैशाख २० गते । पर्वतको उत्तर जलजला गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस धाइरिङका पार्टी सभापति राजु आचार्यले स्वतन्त्रमा उम्मेदरवारी दिएपछि काँग्रेसलाई चुनौती थपिएको छ । जिल्ला कार्यासमतिका कोषाध्यक्ष यामवहादुर मल्ल(रामकृष्ण) लाई अध्यक्षको उम्मेदवार बनाउने पार्टीले निर्णय गरेपछि असन्तुष्ट भएका आचार्यले गाउँपालिकाको अध्यक्षमा मनोनयन दर्ता गर्नुभएको हो ।मनोनयन दर्ताको अघिल्लो दिन सोमवार दिउसो आचार्य गाउँपालिकाको […]

प्रमुख पदमा थमसरा पुन जिल्लाकै एक्ली महिला उम्मेदवार

विकल्प न्यूज / बेनी बैशाख २० गते । नेकपा एमालेको तर्फबाट धौलागिरि गाउँपालिकाबाट महिला नेतृ थमसरा पुनलाई गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनाएको छ । धौलागिरि क्षेत्रमा सामाजिक कार्यमा सक्रिय पुन लामो समय गाउँको एक विद्यालयमा शिक्षक पेशामा संलग्न हुनुहुन्थ्यो ।एमालेले ६ स्थानीय तह मध्य एउटामा महिलालाई प्रमुख पदमा उम्मदेवार बनाएको छ । भने काँग्रेस र माओवादीले उपप्रमुखमा […]

रघुगंगामा एमाले–माओबादी तालमेल

विकल्प न्यूज/बेनी बैशाख १९ गते । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट हुनुपर्ने अडान सहित राखु, भगवति र बेगखोलाबासीले लामो समयदेखि निर्वाचन बहिस्कार आन्दोलन गरेपनि अन्ततः उनीहरु पनि चुनाबमा होमिएका छन् । गाउँपालिकाको निर्वाचनमा मुख्य तीनवटै दलले राखुभगवति क्षेत्रबाट उम्मेद्वार बनाएका छन् । एमाले–माओबादी बीच तालमेल भएको छ । तालमेल सहमति अनुसार एमालेले पिप्लेका खिमबहादुर शाहीलाई अध्यक्ष […]

रघुगंगा ४ दग्नाममा काँग्रेसका उम्मेदवार निर्बीरोध

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालीका ४ दग्नामको वडा अध्यक्षमा एक जनाको मात्र उमेद्वारी दर्ता भएको छ । नेपाली काँग्रेसका एकबहादुर गर्बुजा वडा अध्यक्षमा निर्वीरोध चयन हुनुभएको हो । मंगलबार भएको मनोनयन दर्तामा वडा ४को वडाअध्यक्षमा गर्बुजाको मात्रै उमेद्वारी दर्ता भएको रघुगंगा गाउँपालीकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।दग्नामको जनता मावि […]

म्याग्दीका स्थानीय तहमा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता (फोटो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ बैशाख । म्याग्दीका छ वटा स्थानीय तहमा मंगलबार उत्साह जनक रुपमा राजनितक दल र स्वतन्त्र उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । अन्नपूर्ण र मालीका बाहेकका चार वटा स्थानीय तहमा विभिन्न राजनितिक दलहरुले तालमेल गरेर उमेद्वारी दर्ता गरेका छन् । बेनी नगरपालीकामा काँगेस र माओवादी केन्द्र तथा एमाले र राप्रपाले तालमेल […]

पर्वतको जलजलामा यस्तो देखियो उम्मेदवारी दर्ता(फोटो)

विकल्प न्यूज/जलजला बैशाख १९ गते । उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली काँग्रेस,नेकपा एमाले,माओवादी केन्द्र राप्रपा र स्वतन्त्र उम्मेदवारले प्रमुख,उपप्रमुख,वडा अध्यक्ष र सदस्यहरुमा उम्मेदवारी दर्ता गरेका छन् ।   प्रमुखमा नेपाली काँग्रेसका याम वहादुर मल्ल(रामकृष्ण),एमालेबाट लालवहादुर अधिकारी,माओवादी केन्द्रबाट वावुराम कार्की,राप्रपाबाट पुष्पराज आचार्य,स्वतन्त्र राजु आचार्य,द वहादुर फगामी र वैद्य माओबादीका तर्फबाट याम वहादुर कार्कीले उम्मेदवार दर्ता गरेका […]

मनोनयन दर्ताका दिन पर्वतको जलजलामा किन भयो भाडमैलो ?

विकल्प न्यूज /बेनी बैशाख १९ गते । पर्वतको उत्तरी क्षेत्रको जलजला गाउँपालिकामा पार्टीहरुले उम्मेदवार चयन गर्दा लापरवाही गरेको भन्दै कार्यकर्ताहरु आक्रोशित भएका छन् । सोमवार अवेर सम्म नेपाली काँग्रेसका तर्फबाट धाइरिङका पार्टी सभापति राजु आचार्यले टिकट पाएको कुरा सामाजिक सञ्चालमा व्यापक थियो । तर एकाएक राती नै उम्मेदवार परिवर्तन गरि माझफाँट निवासी रामकृष्ण मल्ललाई पार्टीले […]

बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट श्रेष्ठको उम्मेदवारी

विकल्प न्यूज/बेनी बैशाख १९ गते । आसन्न वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा नेकपा (एमाले)ले प्रमोद श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ । बेनी बजार र ग्रामिण क्षेत्रमा लोकप्रिय श्रेष्ठको उम्मेदवारीले काँग्रेस माओबादी चुनावी तालमेललाई कडा चुनौती थपिएको बताइएको छ । सोमबार राति नेकपा (एमाले) म्याग्दीले उम्मेदवारको टुङ्गो लगाएको हो […]

जलजलाको प्रमुखमा काँग्रेसबाट युवा नेता राजु आचार्य उम्मेदवार

विकल्प न्यूज/पर्वत बैशाख १८ गते ।नेपाली काँग्रेस पर्वतले जललजा गाउँपालिकामा युवा नेता राजुप्रसाद आचार्यलाई गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार बनाउने भएको छ ।नेपाली काँग्रेसको सोमवार वसेको केन्द्रिय समितिको निर्णय अनुसार धेरै आकांक्षीहरुका विच आचार्यलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको स्रोतले बताएको छ । लोकप्रिय युवा आचार्य धाइरिङमा समाजसेवामा संलग्न हुनुहुन्छ । सानै उमेर देखि राजनीति […]

जलजला ७ धाइरिङका पुराना काँग्रेस नेता निलकण्ठले दिए पार्टीबाट राजिनामा

विकल्प न्यूज/बेनी बैशाख १८ गते । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङका पुराना काँग्रेस नेता निलकण्ठ उपाध्यायले पार्टीबाट राजिनामा दिएको घोषणा गर्नुभएको छ । २०३६ सालबाट नेपाली काँग्रेसको राजीतिमा निरन्तर क्रियाशिल उपाध्याय धाइरिङमा काँग्रेसका प्रभावशाली नेता मानिनुहुन्छ । पुराना र त्यागी नेताको छवि बनाउनु भएका उपाध्यायको राजीनामाले काँग्रेस भित्र ठूलो हलचल ल्याएको छ । […]

उम्मेदवार अपहरणमा परेपछि काँग्रेसले दियो यस्तो चेतावनी

विकल्प न्यूज/बेनी बैशाख १८ गते । नेपाली काँग्रेसबाट बेनपा ३ भकिम्लीका वडा अध्यक्षका उम्मेदवार जस वहादुर पुन अपहरणमा परेपछि काँग्रेसले उक्त कार्यको घोर भत्र्सना गर्दै विना सर्त रिहा गर्न अनुरोध गरेको छ । सोमवार भकिम्लीबाट बेनी आउँदै गर्दा हल्लेगौडा र पानीश्वारा विचबाट नेपाल कम्युनिष्ट पार्टी(विप्लव) समुहका कार्यकर्ताबाट अपहरण गरि अज्ञात स्थलतर्फ लगेको र निर्वाचनमा भागलिन […]

किन परे अपहरणमा भकिम्लीका उम्मेदवार ?

विकल्प न्यूज/बेनी बैशाख १८ गते । म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका उम्मेदवार अपहरणमा पर्नुभएको छ । नेपाली काँग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्षका उम्मेदवार जस वहादुर पुनलाई सोमबार अज्ञात व्यक्तिहरुले अपहरण गरेको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ । भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका पुनलाई अज्ञात व्यक्तीहरुले अपहरण गरेको नेपाली काँग्रेस […]

म्याग्दीमा नौ वटा दलले निर्वाचन चिन्ह पाए

सन्तोष गौतम/विकल्प न्यूज बेनी १८ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा दर्ता भएका १२ मध्य नौ दलले मात्र चुनाव चिन्ह पाएका छन् । जिल्ला निर्वाचन कार्यालयले सोमबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगको निर्णय अनुसार व्यवस्थापिका संसदमा रहेका दलहरुले मात्र चुनाव चिन्ह पाएको र नपाएका दलले स्वतन्त्र उमेद्वारको चिन्ह […]

उम्मेदवारी दिँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

१८ बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख ३१ गते सम्पन्न हुने पहिलो चरणको निर्वाचनका लागि मनोनयन दर्ता भोलि हुँदैछ । भोलि विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । तर धेरैलाई कहाँ गएर कसरी उम्मेदवारी दिने भन्नेबारे अहिलेसम्म अन्यौल छ । निर्वाचन आयोगले उम्मेदवार बन्न केही प्रक्रिया र कागजपत्र तोकेको छ […]

बेनपाको तीन वटा वडाको अध्यक्षमा माओवादीले काँग्रेसलाई सर्मथन गर्ने

विकल्प न्यूज/बेनी बैशाख १७ गते । बेनी नगरपालिकाको ३ वटा वडाको अध्यक्ष पदमा माओवादी केन्द्रले काँग्रेसका उमेद्वारलाई सर्मथन गर्ने भएको छ । नेपाली काँग्रेससंग भएको तालमेलको सहमती वडा स्तरमा कार्यान्वयनका लागि बेनपा ७, ८ र १० का अध्यक्षका उमेद्वारलाई फिर्ता गरिएको माओवादी केन्द्रको बेनी नगर कमीटिका अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो । माओवादीले बेनपा ७ मा […]