रघुगंगामा एमाले–माओबादी तालमेल

विकल्प न्यूज/बेनी
बैशाख १९ गते ।

रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट हुनुपर्ने अडान सहित राखु, भगवति र बेगखोलाबासीले लामो समयदेखि निर्वाचन बहिस्कार आन्दोलन गरेपनि अन्ततः उनीहरु पनि चुनाबमा होमिएका छन् । 18195350_647195655475568_547699140_oगाउँपालिकाको निर्वाचनमा मुख्य तीनवटै दलले राखुभगवति क्षेत्रबाट उम्मेद्वार बनाएका छन् । एमाले–माओबादी बीच तालमेल भएको छ । तालमेल सहमति अनुसार एमालेले पिप्लेका खिमबहादुर शाहीलाई अध्यक्ष र माओबादीले भगवतीका हरि भण्डारी उपाध्यक्षको उमेद्वार बनाएको छ ।
यी दुई दलबीच अन्य पाँच वटा वडामा पनि तालमेलको सहमति बनेको छ । त्यस्तै, नेपाली काँग्रेसले प्रमुखमा राखुभगवतिका भबबहादुर भण्डारीलाई उम्मेद्वार बनाएको छ भने दग्नामकी कल्पना गर्बुजालाई उपप्रमुखको उम्मेद्वार बनाएको छ । सबैले मंगलबार मनोनयन दर्ता गरेका छन् । रघुगंगा गाउँपालिकामा नयाँशक्ति नेपालका इन्द्रबहादुर मगरले पनि गाउँपालिका प्रमुखमा उम्मेद्वारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।