जलजलाको प्रमुखमा काँग्रेसबाट युवा नेता राजु आचार्य उम्मेदवार

विकल्प न्यूज/पर्वत
बैशाख १८ गते ।rajuनेपाली काँग्रेस पर्वतले जललजा गाउँपालिकामा युवा नेता राजुप्रसाद आचार्यलाई गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार बनाउने भएको छ ।नेपाली काँग्रेसको सोमवार वसेको केन्द्रिय समितिको निर्णय अनुसार धेरै आकांक्षीहरुका विच आचार्यलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको स्रोतले बताएको छ । N cलोकप्रिय युवा आचार्य धाइरिङमा समाजसेवामा संलग्न हुनुहुन्छ । सानै उमेर देखि राजनीति र समाजसेवामा क्रियाशिल आचार्यले गाउँपालिकाको प्रमुख पदमा टिकट पाएपछि धाइरिङका काँग्रेसजनहरुमा उत्साह छाएको छ ।
एमालेले माझफाँट निवासी लालवहादुर अधिकारीलाई प्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेको छ भने साँझ सम्म माओवादी केन्द्रको टुङगो लाग्न सकेको छैन ।